कपिल अधिकारी / रुपन्देही । बुटवलको अटो व्यवसायीहरुले एक दिने पसल बन्दको आह्वान गरेका छन् ।
बुधवार साँझ बुटवलको गढिटोलमा अज्ञात समूहको गोली लागेर मृत्यु भएका फिरोज खानको हत्यरा पत्ता लगाउन दबाव दिँदै अटो व्यवसायीहरुले आज(बिहीवार) एक दिने पसलहरु बन्द गर्ने निर्णय गरेको हो ।
अटो भिलेजमा रहेको ज्योति एण्ड वर्कसपमा कार्यरत खान काम सकेर कोठातर्फ जाँदै गर्दा उनलाई अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
हत्या भएको एक दिन बित्दासमेत प्रहरीले अनुसन्धानलाई फितलो बनाएको भन्दै व्यवसायीहरुले एक दिन बजार बन्द गरेका हुन् । उनीहरुले मैनाबगर क्षेत्रमा शान्ती सुरक्षाको समेत माग गरेका छन् ।
साथै व्यवसायीहरुले इलाका प्रहरी कार्यालय बुटवल पुगेर शान्ती सुरक्षाका लागि ज्ञापनपत्र समेत बुझाएका थिए । व्यस्त अटो बजारमा समसाँझै गोली प्रहार हुँदा व्यवसायी एवं मजदुरले असुरक्षित महशुस गरेको भन्दै बुटवल अटो ईन्जिनियरिङग एशोसिएशनले ज्ञापनपत्र बुझाएको बुटवल अटो ईन्जिनियरिङग एशोसिएशनका अध्यक्ष सन्तोष पाण्डेले जानाकारी दिए ।
उता घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डिल बहादुर मल्लले घटनाको सुष्म ढंगले अनुसन्धान भइरहेको र हत्यारा छिटो पक्राउ पर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया