९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्,  १ र २  मिनेट

हेडलाइन्स पढेर ओ हो ! भनेर आँखीभौ तन्काउनु भयो होला हैन ? अपत्यारीलो जस्तो लाग्ने यो यथार्थ हो ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र स्वीडेनका इब्राहिमोबिचले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् ।

रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको  बनाएका हुन् ।

उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् । रोनाल्डोले २२ चोटि ९० औँ मिनेटमा गोल गरीसकेका छन् ।

क्रिस्टियानो रोनाल्डो संसारकै उत्कृष्ट खेलाडी मध्ये एक हुन् ।

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल करियरको शुरुवात  इस्पोटिङ लिस्वोनबाट गरेका हुन् ।

त्यस पछि उनले सन् २००२ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट खेल्ने निर्णय गरे । ७ वर्ष म्यान्चेस्टरमा खेल खेले पछि उनी स्पेनी क्लब रियल म्याड्रिडमा खेल्ने निर्णय गरी २००९ मा ९४ मिलियनमा सम्झौता गरे । २०१८ मा रियल छोडेर उनी ईटालियन क्लब यूभेन्टसमा १०० मिलियनमा हस्ताक्षर गरे । हाल उनी सोहि क्लबबाट खेलीरहेका छन् ।

हाल सम्म रोनाल्डोले ९ सय १५ क्लबस्तरीय खेल खेल्दै ६ सय ५८ गोल गर्न सफल भइसकेका छन् । उनले ५ पटक ‘ब्यालोन डि ओर’ अवार्ड जितिसकेका छन् । रोनाल्डो त्यस्ता प्रिय खेलाडी हुन् जसको फ्यान  फलोईङमा वल्र्डमा नै दोस्रो नम्बरमा छ ।

उनी नियमित रुपमा रक्तदान गर्छन् । रोनाल्डो श्रीमती र छोरासँग बस्छन् । आफू फ्रि भएको हरेक समय उनी छोराको लागि समय दिन्छन् । आफ्नो छोरा क्रिस्टियानो रोनाल्डो ‘जे आर’ लाई आफू जस्तै स्टार बनाउन चाहन्छन् ।

त्यस्तै जाल्टन इब्रोहमाबिचले पनि सन् २०१४ सेप्टेम्बर ४ मा भएको इस्टोनियाविरुद्धको खेलमा २४ औँ मिनेटमा गोल गरेर उक्त रेकर्ड बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै दोस्रो खेलाडि हुन् ।  माम्लो फुटबल क्लबबाट उनले आफ्नो खेल जीवन शुरु गरेका हुन् ।

बार्सिलोना, एसि मिलान, युभेन्टसमा, म्यानचेस्टर युनाईटेड, पेरिस सेन्ट जर्मन जस्ता विश्वका चर्चित क्लबबाट खेलिसकेका उनी हाल भने लस एन्जलस ग्यालेक्सी नामक अमेरीकी क्लबबाट खेल्छन् ।

लिओनल मेस्सीले सो रेकर्ड बनाउन मात्र १ र २ मिनेटमा गोल गर्न बाँकी छ ।

तस्वीर : गुगल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?