तामाङ हत्यामा संलग्न चार पक्राउ

सुनसरी । होली पर्वका दिन सुनसरीको धरान उपमहानरपालिका–९ बगँैचा लाइनमा निमास तामाङको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीले तामाङको छुरा प्रहार गरेर हत्या गर्ने चारलाई पक्राउ गरेर आइतवार सार्वजनिक गरेको हो । 

पक्राउ पर्नेमा धरान–९ का १८ वर्षीय सुशान्त लिम्बू, धरान ७ पानमाराका १८ वर्षीय मनिष लावती लिम्बू, १७ वर्षीय निश्चल विक र १८ वर्षीय शरण राई रहेको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । 

उनीहरुले व्यक्तिगत रिसिइबीका कारण तामाङको धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेर फरार भएका थिए । 

पक्राउ गरेकालाई कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरिएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?