जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

दाङ । तुलसीपुरबाट पश्चिमतर्फ गइरहको रा १ च ३४६ नं को पिकअप गाडीले विपरीत दिशाबाट आइरहेको बा ९७ प ५८६२ नं को मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

तुलसीपुर उपमहानगरपालिका–२ नन्द्रागाउँमा पिकअप गाडीको ठक्करबाट मोटरसाइकल चालक दङ्गिशरण गाउँपालिका–६ का ३३ वर्षीय गोरख चौधरी रहेको मृत्यु भएको हो । 

चौधरीको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?