गण्डकी प्रदेशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सरोकारवालाको प्रतिबद्धता

काठमाडौं । गोरखा विकास मञ्चले आफ्नो पहिलो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ  ।   विशेष कार्यक्रमको अयोजना गरी मञ्चले पहिलो औपचारिक कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मञ्चका उपाध्यक्ष  धनबहादुर श्रेष्ठले २०७५ पुसमा स्थापना भएको गोरखा विकास मञ्चमा प्रा. डा. हेमराज ढकालको अध्यक्षतामा ११ सदस्य गठन भएको जानकारी दिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशको कृषिमन्त्री लेखबहादुर थापाले सहि नीति बनाएर कृषिको विकासमा अगाडि बढ्नु पर्नेमा जोड दिए । 

थापाले वास्तविक किसानको खोजी नभएकाले खेती उब्जाउ हुने जमिनमा खेती हुन नसकेको भन्दै छिटो भन्दा छिटो समस्याको समाधान गर्नुपर्ने बताए । 

उनले नेपालमा जन शक्ति भएपनि ईच्छा  शक्ति नभएको भन्दै उचित नितिको आवश्यक रहेको स्पष्ट पारे । प्रदेश सरकार कृषि क्षेत्रमा प्रतिबन्ध भएको भन्दै कृषिलाई व्यवहारमा लागू गर्न पनि जोड दिए । 

यसैगरी, गण्डकी प्रदेशका भौतिक पूर्वधारमन्त्री रामशरण बस्नेतले कार्यक्रम आयोजक प्रति आभार व्यक्त गरे । 

सल्लाह सुझावको लागी धन्यबाट दिँदै उनले भने, ''अबको पाँच बर्षमा मासु, अण्डा, दुध, स्याउ, तरकारी, खाद्यानमा गण्डकी प्रदेश आत्मनिर्भर बन्छ । यो हाम्रो प्रतिबद्धता हो ।'' 

गण्डकी प्रदेशको समग्र विकास र योजनाको बारेमा बोल्दै मन्त्री बस्नेतले विकास निमार्णमा सबै तहहरुलाई  सहयोग गर्न आग्रह समेत गरे ।

गोरखाको पूर्वाधारको विषयमा पनि छलफल हुनु पर्ने भन्दौ मन्त्रीले आजको कार्यक्रम उच्च प्रशंसा योग्य रहेको बताए । त्यसैगरी, गण्डकी प्रदेश सभा सदस्य हरी अधिकारीले सानोसानो क्षेत्रबाट विकासको योजना बनाउनु पर्ने सुझाव दिएका छन् । सबै तहहरुले समन्वयन गर्नुपर्ने भन्दै उनले प्रदेश सरकार काम गर्न प्रतिबद्ध रहेको बताए ।  उनले गोरखामा जडीबुटिको उच्च संभावना रहेकाले त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।

गण्डकी प्रदेशका नेकपाका अध्यक्ष हितराज पाण्डेले प्रविधिको प्रयोगसँगै कृषिलाई अगाडी लग्नु पर्नेमा जोड दिएका छन् ।

कृषिको विकासले देशमा रोजगारीको अवसर सिर्जना गर्ने भन्दै उनले सबैजनालाई आफ्नो ठाँउबाट काम गर्न आग्रह गरेका छन् । पानीको र कृषिलाई संगै अगाडि लग्नु पर्ने भन्दै सिँचाईलाई व्यवस्थित गर्न पनि उनले जोड गरेका छन् । 

कार्यक्रमलाई विशेष सम्बोधन गर्दै नेकपाका प्रवक्ता  नारायणकाजी श्रेष्ठले अन्तरक्रिया कार्यक्रममा प्रस्तुत भएका डाटा र विषयहरु आवश्यक, समसामायीक , सान्दर्भीक र महत्वपूर्ण भएको भन्दै आभार व्यक्त गरे । 

आजको प्रस्तुतीले दिशानिर्देसन प्रदान गरेको भन्दै एउटा संकल्प सहित कृषि क्षेत्रमा लाग्नु पर्ने बताए। हामी ब्रम्हज्ञान होइनौं उनले भने, यस कार्यक्रमले एउटा उज्यालो उत्साह दिएको छ । सबैलाई काम गर्न उत्प्रेरित गरेको छ । 

अब देशमा राजनीतिक स्थिरता भएकाले आफू र आफ्नो पार्टी सम्पूर्ण देश विकासमा प्रतिबद्ध भएर अगाडि बढेको समेत जानकारी दिए । उनले थपे, विकासको बाहेक अर्को विकल्प नै छैन । 
गोरखा विकास मञ्चले आयोजना गरेको आजको कार्यक्रममा गोरखा जिल्लाको कृषि विकास, सम्भावना एवम् चुनौतिहरुको विषयमा छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?