फागुन २१ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल फागुन २१ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा  LOKPATH TV  लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

1. रहेनन् नेता गणेश पण्डित  : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता तथा पूर्वसांसद गणेश पण्डितको मंगलवार ७२ वर्षको उमेरमा निधन भएको छ । पूर्वसांसद पण्डितको हृदयघातबाट निधन भएको हो । 

2. खानेपानी मन्त्रीद्वारा वाटर एटीएमको उद्घाटन, २ रुपैंयामा पानी पिउन पाईने :  काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको सक्रियतामा ललितपुर महानगरपालिकाको प्राङ्गणमा नेपालमा पहिलो पटक वाटर एटीएमको उद्घाटन गरिएको छ ।खानेपानी मन्त्री बिना मगरले आज मंगलबार वाटर एटीएमको उद्घाटन गरेका हुन् । उद्घाटन पछि कार्यक्रममा बोल्दै मन्त्री मगरले बाटोमा हिंड्ने बटुवाको प्यास मेटाउने कार्यमा वाटर एटीएम सफल हुने विश्वास व्यक्त गरे। 

 

3. शिक्षक शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको काङ्ग्रेसको आरोप : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भनी विरोध गरेको छ । काङ्ग्रेस संसदीय दलले ‘सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको’ जनाएको छ । 

 

4. पर्यटनमन्त्री निधनको सातौं दिन के भनिन् पत्नी विद्या भट्टराईले ? :  बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले दुःखद घडीमा परिवारप्रति देखाएको माया र सम्मानका लागि सबैलाई अभार व्यक्त गरेकी छन् ।अधिकारीको सोमबार ७ दिनमा काजकिरिया एवम श्रद्धान्जली सभामा परिवारको तर्फबाट रवीन्द्र पत्नी विद्याले छोटो सम्बोधन गरेकी हुन् । 

 

5. ब्रिटिस मानिस एचआईभी भाइरसमुक्त भएको सार्वजनिक :  डाक्टरहरुले एक ब्रिटिस मानिस एचआईभी भाइरसमुक्त भएको सार्वजनिक गरेका छन् ।उनीहरुले यी व्यक्ति विश्वमै एड्समुक्त हुने दोस्रो केस हुन सक्ने बताएका छन् । रोयटस्को रिपोर्ट अनुसार परिचय सार्वजनिक नगरिएका व्यक्ति तीन वर्ष देखि भाइरस मुक्त छन् । 

 

6. १० तस्वीरमा हेर्नुहोस् चिटिक्क हुँदै स्वयम्भूनाथ :  २०७२ साल बैशाख १२ गते शनिवार मध्यान्न भन्दा केही पहिले जमिनको सतह भन्दा ९ माइल मुनी रहेको एक चट्टान सर्यो र ठुलो धक्का दियो । काठमाडौं उपत्यकालाई चिरिदिएको यो धक्का २० आणविक हतियार फुटे जत्तिकै शक्तिशाली हुन पुग्यो । धेरै जनधनको क्षती भयो । भुकम्पका कारण क्षतविक्षत बनेको स्वयम्भूनाथ पूनर्निर्माण भइरहेको छ । 

 

7. जिप दुर्घटनामा दुईजनाको मृत्यु, तीन घाइते  : पृथ्वी राजमार्ग अन्र्तगत घाँसीकुवानजिकै भएको जिप दुर्घटनामा  दुई यात्रुको मृत्यु भएको छ । दुर्घटनामा यात्रारत तीनजना घाइते छन् ।छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जिप टायर पड्कीएर दुर्घटना हुँदा बन्दीपुर नगरपालिका–३ रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा र जिपका चालक व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय बिमल घर्तीमगरको मृत्यु भएको हो ।

8. ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’- रोहित बने वर्षको उदयमान क्रिकेट खेलाडी :  नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी रोहित कुमार पौडेल वर्षको उदयमान क्रिकेट खेलाडी घोषित भएका छन् ।क्रिकेट खेलाडी संघ नेपाल ‘सिप्यान’को आयोजनामा भएको ‘एनसीसीएस–सिप्यान क्रिकेट अवार्ड’मा उनी वर्षको उदयमान खेलाडी घोषित भएका हुन् । 

 

9. गण्डकी प्रदेशसभामा शोक प्रस्ताव पारित, अर्को बैठक भोलि बस्ने :  गण्डकी प्रदेशसभामा दुई नेताको शोक प्रस्ताव पारित भएको छ । हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका कास्की २ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारी प्रति शोक प्रस्ताव पारित गर्दै मंगलबारको प्रदेश सभा बैठक सकिएको हो ।

 

10. नेपालको नयाँ मुद्रा छाप्ने जिम्मा फ्रान्सेली कम्पनीलाई :  नेपाल राष्ट्र बैंकले फ्रान्सको एक कम्पनीलाई नेपाली मुद्रा छाप्न दिएको छ ।  राष्ट्र बैंकले नेपालको ५० रुपैयाँ छाप्ने जिम्मा फ्रान्सको एक कम्पनीलाई दिइएको हो । बैंकले ५० रुपैयाँ नोट २३ करोड थान नयाँ छाप्न लागेको हो । छापिएको नयाँ नोट ८ महिनाभित्रमा नेपाल आइपुग्ने राष्ट्र बैंकले जनाएको छ । 

11. धादिङको थाक्रेमा बस दुर्घटना, ५ जना घाइते : पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रेमा  ग्रमीण यातायातको बस दुर्घटना हुँदा ५ जना घाईते भएका छन् ।काठमाण्डौँबाट धादिङ सदरमुकाम धादिङबेशी तर्फ जाँदै गरेको ग्रामीण  यातायातको बा ३ ख ३१५३ नम्बरको बस अनियन्त्रित भई सडक छेउबाट पल्टिँदा बसमा सवार ५ जना यात्रु घाईते भएका हुन् ।

 

12. नेकपा सांसदलाई समिम अन्सारीको जवाफ – कुनै हालतमा ब्याक हुन्न ! :  मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले जवाफ फर्काएका छन् ।उनले बैठकमा जवाफ दिँदै स्वेच्छिक रुपमा पछि नहट्ने बताएका हुन् ।नागरिकतामा आफ्नो कारण नभई अरुका कारण प्रश्न उठेको भन्दै उनले खुल्ला रुपमा छानबिन गर्न चुनौती दिए ।

 

13. राहत शिक्षकहरुको स्वतः स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको अनेरास्ववियुको निष्कर्ष : शिक्षकहरुको नाममा शैक्षिक सत्रको उत्तरार्ध र पेचिलो समयमा कक्षाकोठा छोडेर शुरु भएको आन्दोलनप्रति अनेरास्ववियु गम्भीर ध्यानाकर्षण गराएको छ । आज प्रेस विज्ञप्ति जारी गर्दौ शिक्षा क्षेत्रमा देखापरेका तमाम बिकृति हटाउदै शिक्षाको मौलिक हकलाई कार्यान्वयन गर्ने र सार्वजनिक शिक्षाको शिर उठाउने प्रावधान सुनिश्चित हुने गरी शिक्षा ऐन आउनुपर्ने भन्दै संघीय शिक्षा ऐन अन्तिम तयारीमा रहेको जानकारी दिएका हुन् । 

 

14. सर्वोच्चको आदेशपछि बादी समुदायमा खुशी, लेखक र निर्मातालाई के भने ? राष्ट्रिय बादी परिषदले सर्वोच्च अदालतको आदेशले आफूहरुको आत्मसम्मान बलियो भएको जनाएको छ ।
नथिया, ऐलानी उपन्यास र पण्डित बाजेको लौरी नामक चलचित्रमा आफूहरुको आत्मसम्मानमा ठेस पुग्ने र झुटा शब्दहरुको प्रयोग गरिएकोले आफूहरु न्याय माग्दै अदालतको ढोकासम्म पुगेकोमा अदालतबाट लेखक र सरकारलाई निर्देशनात्मक आदेशले आत्मसम्मान कायम गरेको बादी अगुवाले बताएका हुन् ।

 

15. पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा रसियन नागरिकको मृत्यु :  पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु भएका रसियन नागरिकको नाम भने सार्वजनिक भएको छैन । सारङकोटबाट सोलो उडान भर्ने वित्तिकै प्याराग्लाइडिङ दुर्घटना भएको हो । 

 

16. राष्ट्रपति भण्डारी अमेरिका भ्रमणमा जाने : राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छिन् ।राष्ट्रपति भण्डारी कमिशन अन द स्टाटस अफ वमेनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते आईतबार अमेरिकाको न्यूर्योक जान लागेकी हु्न् ।

17. अभिभावकले बच्चाको यस्तो नाम राख्न नपाउने  : भनिन्छ. सन्तान भगवानको वरदान हो । तर जब एक दम्पतिले बच्चा जन्माउँछन् तब अभिभावकलाई पहिलो टाउको दुखाइ भनेकै शिशुको नाम के राख्ने भन्ने हुन्छ । अझ अहिले शिशुका लागि नौलो नाम खोज्ने धुनमा धेरै बाबुआमा इन्टरनेटदेखि परामर्शदाताकहाँ सम्म पुग्ने गरेको पनि पाईन्छ ।न्युजिल्याण्डका एक अभिभावकलाई त्याँहाको सरकारले खिन्न बनादिएको छ ।

 

18. भारतलाई ट्रम्पको चेतावनी, ड्यूटी फ्री सामानमा रोक लगाउने घोषणा : अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई दिईरहेको सुविधा कटौती गर्ने घोषणा गरेका छन् ।छिमेकी पाकिस्तानसँग तनाव झेलिरहेको भारत अमेरिकी राष्ट्रपति ट्रम्पको घोषणाबाट झस्कीएको छ ।राष्ट्रपति ट्रम्पले भारतको वैदेशिक व्यापार नीतिको कडा आलोचना गर्दै भारतबाट आउने करोडौं डलरको ड्यूटी फ्री सामानमा रोक लगाउने समेत घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?