पृथ्वी राजमार्ग अन्र्तगत घाँसीकुवानजिकै भएको जिप दुर्घटनामा दुई यात्रुको मृत्यु भएको छ । दुर्घटनामा यात्रारत तीनजना घाइते छन् ।
छिर्कनेबाट दमौलीतर्फ आउँदै गरेको ग १ ज २९०७ नम्बरको जिप टायर पड्कीएर दुर्घटना हुँदा बन्दीपुर नगरपालिका–३ रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा र जिपका चालक व्यास नगरपालिका–१४ केशवटारका ३५ वर्षीय बिमल घर्तीमगरको मृत्यु भएको हो ।
उपचारको लागि अस्पताल लैजाँदै गर्दा उनीहरु दुवैको मृत्यु भएको हो ।
प्रहरीका अनुसार द्रुत गतिमा रहेको जिपको अगाडिको टायर पड्कीएपछि असन्तुलित भइ सडकबाट झण्डै ५० मिटर तल खसेको थियो । दुर्घटनामा घाईते भएका तीनजना यात्रुको दमौली अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया