चट्याङ लागेर एकै परिवारका तीन घाइते

बाजुरा ।  जिल्लाको खप्तड छेडेदह गाउँपालिका–६ मैतोलमा गएराति १० बजेर ५५ मिनेटमा चट्याङ पर्दा एउटै परिवारका तीन जना घाइते भएका छन् । 

घाइते हुनेमा २९ वर्षीया उजली नाथ, २१ वर्षीया निर्मला नाथ र २१ वर्षीय सञ्जय नाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घाइते सबैको जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?