WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन १६ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. सातमध्ये पाँचको आर्यघाटमा दाहसंस्कार, यस्तो देखियो : बुधवार दिउँसो हेलिकप्टर दुर्घटनामा दिवंगत भएका सात जनामध्ये ५ जनाको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । पाथीभरा मन्दिर दर्शन गरेर काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा ज्यान गुमाएका उनीहरुको आज एकै समयमा दाहसंस्कार गरिएको हो ।
2. वाइडबडी खरिद प्रक्रियामा मन्त्री अधिकारी निर्दोष रहेको प्रधानमन्त्री ओलीको भनाई : प्रधानमन्त्री केपी शर्मा ओलीले रविन्द्र अधिकारी वाइडबडी खरिद प्रक्रियामा निर्दोष रहेको बताएका छन् ।हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे सो कुरा बताएका हुन् ।
3. मन्त्री अधिकारीप्रति पोखरामा श्रद्धाञ्जलि (फोटोफिचर) : हेलिकप्टर दुर्घटनामा निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको शव यात्रा पोखरामा अहिले शुरु भएको छ । प्रदर्शनी केन्द्रबाट शुरु भएको शव यात्रामा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भूमी व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, नेकपाका केन्द्रीय सदस्य योगेश भट्टराईलगायत पार्टीका हजारौँ कार्यकर्ताका साथै सर्वसाधारणको सहभागिता रहेको छ ।
4. मन्त्री अधिकारीको काजकिरिया ७ दिनमा सकिने : हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया ७ दिनमा सक्ने भएको छ ।पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया ७ दिनमा सक्ने परिवार श्रोतले जनाएको हो ।
5. पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था ‘क्रिटिकल’ : पूर्व अर्थमन्त्री भरतमोहन अधिकारी, ८२, को स्वास्थ्य अवस्था नाजुक हुँदै गएकाले भेन्टिलेटरमा राखिएको छ। ह्याम्स अस्पतालमा उपचाररत उनी अकास्मात् अचेत भएपछि भेन्टिलेटरमा राखिएको हो ।अधिकारीको उपचारमा वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्कीको टिम संलग्न भएको जानकारी अस्पतालले दिएको छ ।
6. गोदामचौर बलात्कार प्रकरण तीन अभियुक्तलाई १० वर्ष जेल सजाय : सामूहिक बलात्कारमा परेकी गोदामचौरकी २१ वर्षीया युवतीको मुद्दामा १५ महिनापछि फैसला भएको छ । जिल्ला अदालत ललितपुरका तीन नम्बर न्यायाधीश धनसिंह महराले मुद्दाको फैसला गर्दै बलात्कारकाण्डका तीनै अभियुक्तलाई १० वर्ष जेल सजायको फैसला सुनाएका हुन् ।
7. नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रियो, दुई सातादेखि जाँचको काम प्रभावित : नेपालगञ्ज विमानस्थलमा एक्सरे मेशिन बिग्रिएको कारणले सुरक्षाकर्मी हैरान छन् । केही दिनअघि पनि विमानस्थलको ठूलो एक्सरे मेशिन बिग्रिँदा करीब दुई सातासम्म जाँचको काम प्रभावित भएको थियो ।
8. हेटौँडामा नौ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन : हेटौँडामा ९ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो ।
9. त्यो यात्रा–४ : बाहिर टलक्क घाम चर्किएको थियो । मन भित्रको बत्ति पनि उस्तै झलमल थियो । कारण थियो उनको आगमन । म होटलको लवीमा पटकपटक घडि हेर्दै उनलाई कुरिरहेको थिएँ । नौ बजे पताया आईपुग्छु भनेकी थिईन् । भर्खर आठ बज्दै छ ।
10. प्रतिनिधिसभामा शोक प्रस्ताव पारित : प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रस्तुत गरेका शोक प्रस्तावलाई सदनले सर्वसम्मतिले पारित गरेको हो ।
11. हेलिकप्टर दुर्घटनाको छानविनलाई गम्भीरतापूर्वक लिनुपर्ने नेता थापाको भनाई : नेपाली कांग्रेसका नेता गगन थापाले मन्त्री रविनद्र अधिकारीसँग विद्यार्थी आन्दोलनदेखि नै परिचित रहेको बताउँदै आफूले धेरै कुरा सिकेको बताए ।ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेलमा पुगेका नेता थापाले भने, ‘सरकारले जुन छानविन समिति बनाएको छ ।
12. पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानविन आयोगको माग : काठमाडौं क्षेत्र नं ४ का प्रदेश सांसद नरोत्तम वैद्यले ताप्लेजुङको सिस्नेभिरमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न माग गरेका छन् ।
13. तस्वीरमा टुँडिखेलको भावविह्वल दृश्य : बुधवार ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा भएको हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातको निधन भयो । पाथीभरा मन्दिर दर्शन गरेर काठमाडौं फर्कनेक्रममा ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभिरमा बुधवार दिउँसो एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसहित सातै जनाले ज्यान गुमाए ।
14. सबैभन्दा कम भ्रष्टाचार हुने सरकारी निकायमा नेपाल प्रहरी : सरकारी कार्यालयमा काम लिएर जानुअघि एक सामान्य नागरिकले कम्तीमा ३ पटक सोच्छ । काम पूरा हुन खर्चिनुपर्ने समय र अतिरिक्त दस्तूर अर्थात् ‘घुस’ ले उसलाई सोच्न बाध्य बनाउनु स्वभाविक पनि हो ।
15. निर्मलाकी आमालाई भेटेर के भने कांग्रेस सभापति देउवाले ? : नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले निर्मला पन्तका परिवारलाई भेटेका छन् । शुक्रवार बिहान निर्मलाको घरमा पुगेर निर्मलाकी आमा दुर्गादेवी पन्त र दिदीसँग भेटघाट गरेका हुन् ।
16. दिवंगत शेर्पाको सम्मानमा आज यति र ताराका सबै उडान स्थगित : यति एयरलाइन्स र तारा एयरले आज सबै उडान स्थगित गरेको छ । बुधवार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत भएका कम्पनीका प्रबन्ध निर्देशक आङ्ग छिरिङ्ग शेर्पाको सम्मानमा यति एयरलाइन्स र उसको सहायक कम्पनी तारा एयरका शुक्रवारका सबै उडान स्थगित गरिएको हो ।
17. साउदी जेलभित्र बाबुबिनाका तीन सुत्केरी नेपाली महिला : साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ ।
18. आइसीसी वरियतामा कप्तान खड्काको दुई स्थान सुधार : नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का टी–ट्वान्टी क्रिकेटको वरीयतामा दुई स्थानमाथि उक्लिएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’ले सार्वजनिक गरेको नयाँ वरियतामा उनी अलराउण्डरतर्फ दुई स्थानमाथि उक्लिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया