WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।
आज मिति २०७५ साल फागुन १३ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
1. महिला विश्वकप क्रिकेट छनोट -पाँचौ खेलमा नेपालद्वारा चिन ५ रनले पराजित : ‘आइसीसी’ महिला विश्वकप क्रिकेटको छनोट खेलमा नेपाल विजयी भएको छ । बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमवार भएको पाँचौ खेलमा नेपालले चिनलाई ५ रनले पराजित गरेको हो । ७७ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको चिनको पारी निर्धारित २० ओभरमा ६ विकेटको क्षतीमा मात्र ७२ रनमा समेटिएको थियो ।
2. कमल थापाको प्रश्न हिन्दुराष्ट्र र राजतन्त्रपछिको १२ वर्षमा के पायौँ ? : राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । सोमवार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने बताएका हुन् ।
3. बुधवारदेखि आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने सरकारी डाक्टरको घोषणा : बुधवारदेखि सरकारी डाक्टरहरुले आकस्मिकबाहेकका सबै सेवा बहिस्कार गर्ने घोषणा गरेका छन् । सरकारी चिकित्सकको समायोजनको विषयमा आफूहरुको माग पूरा नगरेको भन्दै सरकारी चिकित्सक संघ ९गोदान०ले आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने बताएका हुन् ।
4.सुनुवाई समितिको बैठकमा सांसदलाई उपस्थिति हुन नेकपाको ‘ह्वीप’ : नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले आफ्नो सांसदहरुलाई संसदीय सुनुवाई समितिको बैठकमा उपस्थिति हुन आग्रह गरेका छन् । मंगलवार बस्ने सुनुवाई समितिको बैठकमा नेकपाले आफ्नो सांसदहरुलाई अनिवार्य उपस्थित हुन ‘ह्वीप’लगाएको हो ।
5. राष्ट्रपति भवनमाथि विमान उडाउन प्रतिबन्ध : काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ । आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ ।
‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन भने तोकिएको उचाईमा मात्र हवाइजहाजको उडान गर्न पाइने छ ।
6.बल्ल लाग्यो रानीपोखरी पुनर्निर्माण मोडालिटीको टुंगो : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने विषयमा अन्तिम निचोड निकालेको छ ।प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा बसेको पुरातत्वसम्बन्धी विज्ञसहितको बैठकले रानीपोखरी पुनर्निर्माणको मोडालिटीबारे टुंगो लगाएको हो ।
7. पौने दुई करोड धरौटीमा छुटे निलम्बित सांसद रौनियार : भ्रष्टाचार मुद्दामा निलम्बित सांसद हरिनारायणप्रसाद रौनियार १ करोड ७५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् । विशेष अदालतले मागेको धरौटी बैंक ग्यारेन्टीमार्फत तिरेर उनी रिहा भएका हुन् । आइतबार छोरा सुमितसहित उनी विशेष अदालतमा उपस्थित भएका थिए । छोरा सुमितसँग पनि १ करोड ७५ लाख रुपैयाँ धरौटी माग भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए ।
8. खेल सङ्घको विवाद अन्त्य हुँदै : लामो समयदेखिको पेन्टाथलन सङ्घको विवाद अन्त्य भएको छ ।
राष्ट्रिय खेलकूद परिषद् ‘राखेप’का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा रहेको खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिले मोर्डन पेन्टाथलन सङ्घ र मोर्डन पेन्टाथलन महासङ्घको एकीकरण गरी विवाद अन्त्य गरेको हो ।
9. एन्फाको विधान विपरित मानार्थ पदबाट हटाइयो -टासी घले : अखिल नेपाल फुटबल संघ ‘एन्फा’का मानार्थ अध्यक्ष टासी घलेले कार्यसमितिले ‘पदच्युत’ गरेको निर्णयप्रति आपत्ती जनाएका छन् । उनले सोमवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एन्फाले मानार्थ अध्यक्ष पदबाट हटाएको प्रति यस्तो धारणा राखेका हुन् ।
10. पाँचौँ महिला साफ फूटबल प्रतियोगिता तयारी अन्तिम चरणमा : दक्षिण एशियाली फुटबल प्रतियोगिता ‘साफ’ र अखिल नेपाल फुटबल सङ्घद्वारा संयुक्त रुपमा आयोजना हुने पाँचौं महिला साफ फूटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म हुने सो प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, भुटान, श्रीलङ्का र मादिभ्सको सहभागिता रहनेछ ।
11. कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशका प्रचारप्रसार समिति संयोजक अर्जुनजङ्ग शाहीले जानकारी दिए ।
12. पाँचथर पावरको ‘आइपिओ’ बिक्री सोमवारदेखि शुरु : पाँचथर पावर कम्पनी लिमिटेडले सोमवारदेखि साधारण सेयर ‘आइपिओ’ बिक्री शुरु गरेको छ । कम्पनीले १७ करोड ५० लाख २५ हजार बराबरको १७ लाख ५० हजार २ सय ५० कित्ता आइपीओ बिक्री शुरु गरेको हो । आयोजना प्रभावित स्थानीय बासिन्दाले समेत नकिनेको सात लाख ८७ हजार ७ सय ५० कित्ता थप गरी साधारण शेयर छिटोमा फागुन १६ गतेसम्म बिक्री हुनेछ ।
13. इन्डोनेशियामा भेटियो मानिसको औँला जत्रै देखिने झिँगा : सन् २०१२ मा दक्षिण भारतीय फिल्ममा ‘मक्खी’ रिलीज भएको थियो । यस फिल्मका मुख्य पात्रको भुमिका निभाएको एक एउटा यस्तो भिँगा थियो जुन साधारण भिँगा भन्दा बिल्कुलै फरक । तर, आज हामी एउटा यस्तो झिँगाको रियल लाईफको बारेमा चर्चा गर्नेछौँ ।
14. राजकुमार फैक बोल्किह यसरी बने विश्वको सबैभन्दा धनाढ्य युवा खेलाडी : भनिन्छ, पैसा देखे पछि महादेवको पनि तीन नेत्र खुल्छ रे रु यो उखान नेपाली समाजमा परिचित छ । विश्व फुटबल जगतमा संसार कै सबैभन्दा धनी खेलाडी बन्ने होडबाजी गर्ने चलन पनि जारी नै छ । पछिल्लो समय अर्जेन्टिनी सुपर स्टार लियोनेल मेस्सी र पोर्चुगलका क्रिस्टियानो रोनाल्डो विश्वको सबैभन्दा धनी फुटबलरका रुपमा गनिन्थ्यो ।
15. सिसडोल भरियो, कहाँ फाल्ने काठमाडौंको फोहोर : काठमाडौं उपत्यकामा वार्षिक तीन लाख टन फोहोर उत्पादन हुन्छ । फोहोर फालिँदै आएको नुवाकोटको सिसडोल भरिइसकेको छ । वर्षा लागेपछि त्यहाँ फोहोर फाल्न सकिने अवस्था छैन, तर त्यसको विकल्प अझै तयार भइसकेको छैन ।
16. अंग्रेजी सिक्दै राउटे बालबालिका : लेकबेसी नगरपालिका–१ रातेखोलामा बस्दै आएका राउटेबस्तीका बालबालिका नेपाली र अंग्रेजी पढ्न थालेका छन् । बालबालिकाले पढ्नु–लेख्नु हुन्न भन्ने अन्धविश्वास बोकेको राउटे समुदाय आधुनिकतासँगै परिवर्तन हुन थालेको हो । कापी–किताब बोक्दा र पढ्दा आफ्ना देउता रिसाउँछन् भन्ने अन्धविश्वास यो समुदायमा छ ।
17. आँगनमा गफ गरेर बसेका दुई महिलाको गाडीले किचेर मृत्यु, एक घाइते : आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर आइतवार दुई महिलाको मृत्यु भएको छ भने एक घाइते भएकी छिन् । गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतवार राति पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो ।
18. भियतनाममा किमका लागि कडा सुरक्षा, सर्वसाधारणका लागि रेलसेवा बन्द : उत्तर कोरियाली नेता किम जोङ उनको आगमनका लागि सोमबार भियतनाम–चीनको सीमावर्ती शहर दोङदाङमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । उत्तर कोरियाली जोङ सोमवार भियतनामको सीमावर्ती शहर दोङदाङ पुग्दै हुनुहुन्छ । उनको सुरक्षार्थ सर्वसाधारणका लागि यहाँका केही निश्चित क्षेत्रहरुमा रेल सेवा बन्द गरिएको छ ।
LOKPATH TV लाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया