२ आश्विन २०७८, शनिवार

विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य

२०७४,कार्तिक,९,बिहीवार ०७:०५


काठमाडौँ, ९ कात्तिक उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ सो मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग रु २५ करोड ऋण माग गरी प्रारम्भिक चरणमा सञ्चालनका लागि कार्य अगाडि बढाएको उद्योग राज्यमन्त्री रेशम लामाले राससलाई जानकारी दिए करिब रु एक अर्ब ५५ लाख ऋण लिएको मिलले त्यसको सावा र ब्याज तिर्न बाँकी छ । उक्त मिल सञ्चालन हुँदा मुलुकको कूल मागको करिब ७५ प्रतिशत जुटको उत्पादन हुने गरेको बताइएको छ विभिन्न समयमा भएका राजनीतिक अस्थिरता तथा राजनीतिक नियुक्तिले गर्दा विसं २०५४ देखि मिल सञ्चालन हुन सकेको छैन । परोक्ष तथा अपरोक्ष गरी करिब १५ हजारलाई रोजगारी दिन सक्ने सो मिल सञ्चालन गरी बेरोजगारी घटाउन पर्नेमा उद्योग राज्यमन्त्री लामाले जोड दिँदै सरकारलाई केही घाटा लागे पनि मिल सञ्चालन गरिने बताए सो मिलको इतिहासलाई हेर्ने हो भने विसं २००४ मा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायत नेताले मजदुर आन्दोलन गरी राष्ट्रिय राजनीतिमा प्रधानमन्त्रीसमेत बनेका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,९,बिहीवार ०७:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । इजरायलका लागि केयरगिभरमा जानेहरूका लागि लिइएको अंग्रेजी भाषा परीक्षाको नतिजा मंगलबार(आज) प्रकाशित भएको छ । सात हजार नौ

सरकारले आम नेपालीलाई रोजगार दिने प्रतिबद्धता गरे पनि अझै पनि हजारौँ युवाहरु बेरोजगार छन् । सरकारले प्रशस्त मात्रामा रोजगारीको सिर्जना

काठमाडौ । इजरायल रोजगारीमा जान आवेदन दिएका इच्छुक कामदारहरुको लिखित परीक्षाको मिति तय भएको छ । परीक्षा भौतिक उपस्थितिमै हुने

बेरोजगारी यस्तो समस्या हो, जसले शारीरिक मात्र हैन मानसिक समस्या समेत सिर्जना गर्छ । सोच्नुहोस् त नेपालमा बेरोजगारको परिभाषामा पर्ने

ताजा समाचार

अट्टाहस
 २०७८,आश्विन,२,शनिवार १५:२२
रुकुमपूर्वमा नयाँ ट्रयाक खोलियो
 २०७८,आश्विन,२,शनिवार १५:०४