माघ २२ गतेका १८ ट्रेन्डिङ समाचार, दुनियाँमा दिनभर के भयो एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ २२ गते देश दुनियाँमा के–के घटना भए  ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATA TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. जीवनलाई समृद्ध पार्न शिक्षाको भूमिका महत्वपूर्ण- राष्ट्रपति : राष्ट्रपति विद्यादेवी भण्डारीले मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको बताएइन् । चितवनको नारायणगढस्थित आदिकवि भानुभक्त माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै उनले ‘‘मानवीय जीवन पद्धतिलाई समृद्ध पार्न शिक्षाले ठूलो भूमिका खेलेको छ” भनिन् । 

 

2. टेलिकमलाई चुनौतीरहित अग्रणी संस्था बनाइनुपर्छ -सञ्चारमन्त्री बाँस्कोटा :  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रको सञ्चार नेपाल टेलिकमलाई चुनौतीरहित अग्रणी संस्थाको रूपमा स्थापित गरिनुपर्ने बताएका छन् । नेपाल टेलिकमको १५ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै मन्त्री बाँस्कोटाले कम्पनीको सम्पूर्ण क्षमताको भरपुर उपयोग गर्दै सेवालाई जनताको सहज पहुँचमा पुर्याई सेवा गुणस्तरमा ध्यान दिनुपर्ने खाँचो औँल्याए । 

 

3. स्ववियुको निर्वाचन निर्धारित मितिमै गराउन माग :  राष्ट्रिय जनता पार्टी राजपा निकट राष्ट्रिय विद्यार्थी सङ्घले फागुन १४ कै मितिमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न माग गरेको छ । सङ्गठनका केन्द्रीय अध्यक्ष किशोरकुमार यादवले आज यहाँ सञ्चारकर्मीसँग कुरा गर्दै विद्यार्थी राजनीतिसँग जोडिएको स्ववियु निर्वाचन तोकिएकै मितिमा हुनपर्ने माग गरेका हुन् ।

 

4. टुँडिखेलमा सोनाम ल्होछारको रौनक ( फोटोफिचर) : तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम  गरी मनाइँदैछ । मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ । यो २८५५ औँ सोनाम ल्होछार हो । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

 

 5. पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महिला, बालबालिका तथा समाज कल्याण मन्त्री तथा समाज कल्याण परिषद्का अध्यक्ष बद्रीप्रसाद न्यौपानेसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

 

6. विवादमा जेलिएको नेकपाको कार्यदल, के आज बुझाउला प्रतिवेदन ? : पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्यदललाई सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सचिवालय बैठकले आज ९मंगलबार०  आफ्नो प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । सचिवालयको सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पार्टीको एकीकरणसम्बन्धि सुझाव दिन गठित कार्य दलको कार्य प्रगति विवरणसहितको प्रतिवेदन मंगलबार सचिवालयमा बुझाउन निर्देशन दिएको हो ।

 

7. बानेश्वरबाट नेविसंघका अध्यक्ष महरसहित ६ जना प्रहरी नियन्त्रणमा : प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ ९नेविसंघ०का अध्यक्ष नैनसिंह महर पक्राउ परेका छन् ।नेविसंघका अध्यक्ष महरसहित ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

 

8. क्यानको निलम्बन चाडैं फुकुवा हुन्छ स् खेलकुदमन्त्री विश्वकर्मा : युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ‘आइसिसी’ले छिटै नेपाल क्रिकेट परिषद् ‘क्यान’माथि लगाएको निलम्बन फुकुवा गर्ने बताएका छन्। खेलकुद मन्त्री विश्वकर्माले साक्षात्कार कार्यक्रममा बोल्दै ‘आइसिसी’ले दिएको रोडम्याप अनुसार क्यानको ५ सदस्यीयतदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको समेत दावी गरे ।

 

9. हजयात्री दोब्बर बनाउने प्रयास छः गृहमन्त्री थापा : गृहमन्त्री रामबहादुर थापाले नेपालबाट हज गर्न मक्का जाने हजयात्रीको सङ्ख्या दोब्बर पार्ने सरकारको प्रयास जारी रहेको बताएका छन् ।  विगतमा एक हजार २ सय यात्री हज गर्न मक्का गएको जानकारी दिँदै गृहमन्त्री थापाले कम्तीमा पनि एक हजार हजयात्री थप्ने प्रयासमा सरकार लागेको बताए । 

 

10. शेयर बजारमा सामान्य सुधार : धितोपत्र बजारमा मंगलवार शेयरको मूल्यमा सामान्य सुधार आएको छ । पछिल्ला केही दिनदेखि लगातार ओरालो लाग्दै आएको बजारमा केही सुधार देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक २ दशलमब ८३ विन्दुले बढेर एक हजार १४७ दशलमब१० विन्दुमा पुगेको छ । 

 

11. साढे ३३ किलो सुन तस्करी र समन शाक्य हत्या प्रकरण हरिशरण खड्का यूएईमा पक्राउ : साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणमा जोडिएका हरिशरण खड्का पक्राउ परेका छन् । खड्का संयुक्त अरब इमिरेटस यूएईमा पक्राउ परेका हुन् । 

 

12  आईसीसी प्रतिनिधि अड्किङसनले गरे त्रिवि क्रिकेट मैदानको निरीक्षण : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ‘आईसीसी’का प्रतिनिधिले त्रिवी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । ‘आईसीसी’का प्रतिनिधिले कीर्तिपुरस्थित त्रिवी मैदान एकदिवसीय क्रिकेटको सिरिज खेलाउन योग्य भए नभएको अवलोकन गरेका हुन् । 

 

13.  फेसबुकको ‘फेक आइडी’ चलाउनेको संख्या २५ करोडभन्दा बढी : सामाजिक सञ्जाल फेसबुकमा करिब २५ करोडभन्दा बढी नक्कली अकाउन्ट (फेक आइडी) भएको पाइएको छ । 
झण्डै २ अर्ब ३२ करोड फेसबुक प्रयोगकर्तामध्ये सन् २०१८ मा ११ प्रतिशत अर्थात झण्डै २५ करोडभन्दा बढी नक्कली अकाउन्ट ९फेक आइडी० भएको पाइएको हो । 

 

14. त्यो यात्रा–२ :  साँच्चै कुनै यात्रा औधी रोचक हुन्छ । बिर्सन नसकिने किसीमको । भानु दाहाल लेख्छन्, मेरो यात्रा साँचै अविस्मरणिय रह्यो । जहाजको सिट नम्बर सेभेन्टिन ‘सि’ र ‘डि’ । विमानको ओभरहेड लकर्समा ह्याण्ड क्यारी थन्काएर थचक्क सिटमा बस्यौँ । झ्यालतिरको सिट उनको रोजाईमा पर्यो  । मन त मलाई पनि उही सिटमा थियो । 

 

15. नेपाल उद्योग परिसंघका पदाधिकारी र नवनियुक्त राजदूतसँग भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न :  विभिन्न राष्ट्रहरुका लागि नियुक्त भएका राजदूतहरु, नेपाल उद्योग परिसंघका पदाधिकारीहरु एवं कार्यसमितिका सदस्यहरु बीच सोमवार भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।परिसंघका अध्यक्ष हरिभक्त शर्माले मुलुकमा राजनीतिक स्थिरता आएसँगै वर्तमान सरकारले आर्थिक समृद्धि र लगानी विस्तारमा विशेष जोड दिनुपर्ने बताए । 

 

16. टेलिकमद्वारा विभिन्न प्याकेज र छुटको व्यवस्था : नेपाल टेलिकमले विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको छ । टेलिकमले १५ औं वार्षिक उत्सवको अवसरमा कम्पनीका विभिन्न सेवामा प्याकेज र छुटको व्यवस्था गरेको हो ।

 

17. विद्यालय परिसरमा महिलाको शव फेला, घटनाबारे अनुसन्धान शुरु : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ स्थित मङ्गल प्रावि परिसरमा आज बिहान एक महिलाको शव भेटिएको छ । आँखा र पेटमा सामान्य चोट लागेको तर पहिचान हुन नसकेको ४५ ५० वर्षीया महिलाको शव भेटिएको झलारी इलाका प्रहरी कार्यालयले जनाएको छ ।

 

18 . अष्ट्रेलियामा भीषण बाढी, दुईको मृत्यु, ६ सय ५० जनाको उद्धार : अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र दुई जनाको ज्यान गएको जनाइएको छ । 
यहाँ केही दिनदेखि अविरल वर्षा भइरहेको छ । उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६ सय ५० जना स्थानीयको उद्धार गरेका छन् ।

 

यूट्युवमा गएर LOKPATA TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?