काठमाडौं-बालबालिका खोजतलास समन्वय केन्द्रले पछिल्लो २ रातमा ३३ बालबालिकालाई विभिन्न स्थानबाट उद्धार गरेको जनाएको छ।
केन्द्रले बिहीबारदेखि २ दिनसम्म चलाएको रात्रिकालीन उद्धार कार्यक्रममा यी बालबालिका उद्धार भएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले बताए। ‘शुरूमा हामीले २७ बालबालिका उद्धार गरेका हौं, जसमा २ जना बालिका छन् ती सबै १० देखि १८ वर्ष उमेर समूहका छन्।’ –उनले भने ।
रातको ८ बजेदेखि ३ बजेसम्म चलाएको कार्यक्रम स्थानीय प्रहरीसँगको सहकार्यमा पशुपति, बसपार्क, ठमेल, वसन्तपुर क्षेत्रमा पुगेको थियो। उद्धार गरिएका बालबालिका प्रायजसो नसामा लट्ठिएको अवस्थामा रहेको केन्द्रका प्रहरी निरीक्षक दाहालले बताउनुभयो। उनीहरू फोहोरको डंगुरमा नशालु गम सुँघ्ने, नशालु सुई प्रयोग गर्ने तथा ब्लेडले हात चिरिरहेको अवस्थाबाट गुज्रिरहेका थिए। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया