डा. केसीले अनसन तोडेकै भोलिपल्ट थापाले अनसन तोडे

काठमाडौं । डा. गोविन्द केसीविरुद्ध अनसन बसेका विजय थापाले आज अनसन तोडेका छन् । 

चिकित्सा शिक्षा विधेयक हुबहु पारित हुनुपर्ने माग राख्दै आएका थापाले २३ औँ दिनका दिन आज (शनिवार) अनसन तोडेका हुन् । 

थापाले शनिवार बिहान अस्पतालमा ३ वर्षीया अकिया नगरकोटी र ५५ वर्षीय बेचेन यादवबाट जुस पिएर उनले अनसन तोडेका थिए । यद्यपि, उनलाई उपचारका लागि केही दिन अस्पतालमै राखिनेछ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?