गृह मन्त्रालयबाट अलग्याइँदै एनजिओ/आइएनजिओ

काठमाडाै–राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ/आइएनजिओ)लाई गृह मन्त्रालयबाट अलग गर्ने तयारी भएको छ ।

गैरसरकारी संस्थालाई गृहबाट अलग्याएर महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमातहत राख्ने नीतिगत पहल सुरु भएको हो । गृहमातहत नै रहिरहँदा सबै गतिविधिमा निगरानी बढ्ने संकेत देखिएपछि गैरसरकारी संस्थालाई गृहबाट अलग गरी महिला बालबालिका मन्त्रालयमातहत लैजान खोजिएको हो ।

समाज कल्याण परिषद्को तथ्यांकअनुसार मुलुकभर ४९ हजार एनजिओ दर्ता भएका छन् ।

जसले वार्षिक २४ अर्ब रुपैयाँको कारोबार गर्छन् । यस्तै, आइएनजिओ २३० वटा दर्ता भएका छन् । उनीहरूले मुलुकभर विभिन्न परियोजनामा वार्षिक २६ अर्बबराबरको कारोबार गर्छन् । यसअघि एनजिओ/आइएनजिओ जिल्ला प्रशासन कार्यालय र समाज कल्याण परिषद्मा दर्ता हुनुपथ्र्यो । तर, दोहोरो झन्झट भएको भन्दै गृह मन्त्रालयबाट अलग्याएर महिला बालबालिका मन्त्रालयमातहत लैजाने तयारी भएको हो । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?