डा केसीले तोडे सहमतिविनै चौबीस दिन लामो अनसन

काठमाडौं– २४ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीले अनसन तोडेको घोषणा गरेका छन् । शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर केसीले अनसन तोडेको घोषणा हुन् ।

नागरिक समाजका अगुवाहरुको आग्रहमा त्रिभुवन विश्वविद्यालयका सफाइ कर्मचारीले जुस पिलाएर अनसन तोडाएका थिए । उनलाई अनसन तोडाउन पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले विशेष पहल गरेकी थिइन् ।

सरकारले उनलाई अनसन तोडाउन कुनै पहल नगरेको बरु केसीको माग सबै पूरा भइसकेको प्रतिक्रिया दिएपछि केसी अप्ठ्यारोमा परेका थिए ।

सरकारले केसीको मागसँग जोडिएको  चिकित्सा शिक्षा विधेयक संसदको दुबै सदनबाट पारित गरिसकेको छ । त्यसपछि केसीलाई अनसन तोड्न चौतर्फी दवाव परेको थियो ।

केसीलाई बिहीबार काँग्रेस सभापति शेरबहादुर देउवाले भेटेर अनसन तोड्न आग्रह गरेका थिए भने आजै पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, काँग्रेस नेता रामचन्द्र पौडेल पूर्वराष्ट्पति रामबरण यादव लगायतले भेटेर अनसन तोड्न आग्रह गरेका थिए ।

पत्रकार सम्मेलनमा डा केसीले अध्यादेश ल्याउन हामीले बाध्य पारेपनि शिक्षामन्त्रीले सुधारमुखी प्रावधान हटाई विधेयक ल्याएकाले अनसन बस्न बाध्य भएको बताए । यस्तै सो विधेयक पारित गराएर केपी ओली सरकारमा  इमान्दारिता नभएको आरोप लगाए ।

सरकारले विधेयक पारित गर्दा अधिनायकवादी चरित्र देखाएको भन्दै त्यसरी पारित भएको विधेयक आफूलाई असैह्य भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?