बेझाड । पाल्पाको तानसेनमा गाडीको ठक्करबाट एक जनाको मृतयु भएको छ ।
शुक्रवार बुटवलबाट पोखरातर्फ जाँदै गरेको ग१ख ४५३४ नम्बरको बसले तानसेनस्थित राईडाँडामा ठक्कर दिँदा रुपन्देही रामपुर बस्ने २७ वर्षीया सोनु विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी सहायक निरीक्षक मोतीबहादुर खड्काका अनुसार अहिले ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सडकमा हिडिरहेका विकलाई बसले ठक्कर दिएको खड्काले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया