पारस शाह आज डिस्चार्ज हुँदै

काठमाडौं । पूर्व युवराज पारस शाह आज डिस्चार्ज हुने भएका छन् । 

गत सोमवार हृदयघात भएर थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचाररत पूर्व युवराज पारस शुक्रवार दिउँसो १ः३० बजे डिस्चार्ज हुने अस्पतालले जानकारी दिएको हो । 

सोमवार सोमवार दिउँसो ललितपुरको पाटन दरबार क्षेत्रमा रहेको शिव पार्वती मन्दिर र हिरण्यवर्ण महाविहारमा पूजा गरेर फर्किए लगत्तै उनलाई हृदयघात भएको थियो  । उनलाई नर्भिक

को आईसियूमा ७२ घण्टा राखेपछि उनलाई सिसियुमा सारिएको थियो ।

पारसको स्वास्थ्यमा सुधार भएको उपचारमा संलग्न चिकित्सकहरुले जानकारी दिए । अहिले उनी बोल्न, खान र हिड्न सक्ने भएपछि उनलाई डिस्चार्ज गर्न लागेको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?