विप्लवका प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ

विराटनगर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा बिहीवार गोलीसहित पक्राउ परेका छन्  

बिहीवार साँझ विराटनगर विमानस्थल हुँदै यती एयरलायन्सको जहाजबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई प्रहरीले गोलसिहित पक्राउ गरेको हो । उनको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले बताए । 

कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्मासँग रहेको झोला चेकजाच गर्ने क्रममा उक्त गोली बरामद गरिएको डीएसपी श्रेष्ठले जानकारी दिए । 

पक्राउ परेका उनलाई मुद्दा चलाउने तयारी भएको डीएसपी श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?