काठमाडौं । नेपाल चिकित्सक संघले आजबाट देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने भएको छ ।
चिकित्सा शिक्षा सुधारका माग गर्दै २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा माग गर्दै संघले त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालको आकस्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको हो ।
त्रिवि शिक्षण अस्पतालसहित देशभरका अस्पतालमा रिले अनसन बसिरहेको संघले माग सुनुवाइ नभएको भन्दै कडा संघर्षको कार्यक्रम सार्वजनिक गरेको हो ।
डा. केसीको जीवन रक्षा गर्न सरकार गम्भीर नभएपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नुपर्ने संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिए ।
आज (शुक्रवार)देखि देशभरका सरकारी, गैरसरकारी तथा निजी मेडिकल कलेजका आकस्मिक सेवा सञ्चालन गर्ने तर, ओपीडीलगायतका सेवा बन्द हुने जानकारी डा. कार्कीले दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया