केसीको आन्दोलनप्रति शिक्षण अस्पतालमै असन्तुष्टि

काठमाडौँ- पटक पटक अनशन बसेर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सेवा प्रवाहमा डा. गोविन्द केसीले अवरोध पु¥याएको भन्दै अस्पतालका चिकित्सक तथा कर्मचारीहरुले असन्तुष्टि व्यक्त गरेका छन् । अनसन र अबरोधबाट अस्पतालको सेवा र प्रतिष्ठामाथिनै प्रश्न उठ्न थालेको उनीहरुको धारणा छ ।
त्रिवि शिक्षण अस्पतालका चिकित्सक, प्राविधिक, स्वास्थ्यकर्मी, नर्सलगायतले डा. केसीको अनशनले सेवा प्रवाहमा अवरोध आई बिरामीहरू निजी क्षेत्रको अस्पतालमा जान बाध्य भएको बताउनुभएको छ ।
त्रिवि शिक्षण अस्पतालमा बिहीबार आयोजित कार्यक्रममा त्रिविका प्राध्यापक डा. प्रदीप ज्ञवालीले डा. केसीको अनशनका कारण अस्पतालमा बिरामीलाई समस्या परेको बताउनुभयो ।
उहाँले अनशनकै कारण अस्पताललाई करोडौँ रुपियाँ रकम घाटा भइरहेको बताउनुभयो । हरेक अनशनका बेला अस्पताललाई दुई करोड रुपियाँ घाटा हुने गरेको भन्दै त्रिवि अन्र्तगतकै कर्मचारी भएर सरकारको विरुद्ध लाग्नु उचित नभएको बताउनुभयो ।
उहाँले अस्पताल परिसरभित्र कुनै पनि अनशन हुनु दुर्भाग्य भएको भन्दै अस्पताल बाहिर गएर रिले अनसन गर्न नेपाल चिकित्सक संघलाई अनुरोध गर्नुभयो ।
उहाँले अस्पताललाई अनशन तथा हड्तालमुक्त क्षेत्र बनाउनुपर्नेमा जोडदिँदै अस्पतालभित्र भइरहेको अनशनले आम सर्वसाधरण उपचार नपाएर निजी स्वास्थ्य संस्थामा जानुपरेको बताउनुभयो । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?