लाइसेन्स बेच्ने धन्दामा लागेका ८ जना कर्मचारी अख्त्यिारको फन्दामा

काठमाडौं– यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय¸ प्रदेश नं ३ ललितपुर अन्तर्गतका कार्यलयका कर्मचारीले परीक्षामा फेल भएका र  ट्रायल परीक्षा नदिएकालाई समेत सवारी चालक अनुमति पत्र (लाइसेन्स) बेच्ने गरेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनसन्धानको क्रममा गत साउन १६ गतेदेखि असोज २४ गतेसम्म  नियम विपरित ६२९ वटा सवारी चालक अनुमति पत्रहरुको नतिजा फेरवदल भएको जनाएको छ । सो खुलेपछि अख्तियारले ८ कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ ।

यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय¸ एकान्तकुनामा कार्यरत शाखा अधिकृत भक्तबहादुर विष्ट¸ शाखा अधिकृत विष्णुप्रसाद सुवेदी¸ यातायात व्यवस्था सवारी चालक अनुमति पत्र कार्यालय ठुलोभर्याङका कम्प्युटर अधिकृत विजेन्द्र राज जोशी¸ यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुनामा कार्यरत कम्प्युटर अपरेटर जयनारायण चौधरी¸ कम्प्युटर अपरेटर सचिन कुमार सिंह¸ तत्कालीन यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय एकान्तकुना  कम्प्युटर अपरेटर अमित कुमार साह¸  विजयराम बनमाला र टर मदन कुमार साह विरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध  हदैसम्मको जरिवाना र कैद सजाय मागदाबी सहित आज विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियार प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?