काठमाडौं–मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई गत पुस महिनादेखिको तलब आफैले खुवाउन थालेको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरूको तलब खुवाउने गरेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थालेको हो। नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
नयाँ व्यवस्था शुरू भएकाले अझै पनि कतिपय मन्त्रालयले तलब खुवाउन सकेका छैनन्। ‘अस्तिसम्म मन्त्रालयका कर्मचारीलाई मात्र मन्त्रालयले तलब खुवाउने गर्दा त्यहीअनुसार सीमित पैसा हुने गरेको थियो। अहिले पैसा थप खर्च हुने भएपछि अलिकति ढिलो भएको छ’, देवकोटाले भने– ‘पैसा अपुग भएपछि मन्त्रालयले थप पैसा अर्थ मन्त्रालयसँग माग्नुपर्छ।’
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पनि पुस महिनाको तलब खुवाउने तयारी गरिरहेको जनाएको छ। अहिले संघमा २२ मन्त्रालय र प्रत्येक प्रदेशमा ७ वटा मन्त्रालय छन्। संविधानमा नै बढीमा २५ जनामात्र मन्त्री रहने व्यवस्था छ। प्रधानमन्त्रीदेखि सहायकमन्त्रीसम्मलाई मन्त्री नै भनेर गणना गरिन्छ। संघमा ३ राज्यमन्त्री छन्। कतिपय प्रदेशले अझै पनि मन्त्रिपरिषद्लाई पूर्णता दिएका छैनन्। सबै प्रदेशमा रहेका मन्त्रालयको नाम एउटै छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया