जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था

काठमाडौँ– नेपालमा पहिलोपटक जागिरका लागि कम्प्युटरबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।

सरकारले हरेक स्थानीय तहका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको छनोटमा यस्तो प्रणालीको प्रयोग गर्न लागिएको हो ।  

करारमा नियुक्त गर्न लागिएका संयोजकहरूको परीक्षा प्रणालीलाई निष्पक्ष बनाउन सरकारले कम्प्युटरबाटै परीक्षा दिनुपर्ने व्यवस्था मिलाउन लागेको हो । रोजगार संयोजकका लागि दिइने आवेदन पनि पूर्णरूपमा अनलाइनमार्फत् नै भर्ने व्यवस्था मिलाइएको छ । शुक्रबारसम्म रोजगार संयोजकका लागि फर्म भने म्याद तोकिएको छ ।

आवेदकको शैक्षिक योग्यताको लब्धाङ्क प्रतिशत र अनुभवका आधारमा प्रारम्भिक छनोट गरिनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रारम्भिक छनोटमा परेकाहरूको अन्तिम छनोट कम्प्युटरबाटै गर्ने व्यवस्था गर्न लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?