धुर्मुस सुन्तलीले बनाउने भए क्रिकेट रङ्गशाला, घोषणास्थलमै उठ्यो चार करोड रुपैयाँ

काठमाडौं ।  धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्ने भनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको आधिकारिक घोषणासंगै सहमती पत्रमा हस्ताक्षर भएको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय रङ्गशालाका घोषणासंगै सहमती पत्रमा आज हस्ताक्षर सम्पन्न भएको हो । 

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणको लागत करिब तीन अर्ब रहने अनुमान गरिएको छ । 

उक्त रङ्गशाला त्रिभुवन विश्वविद्यालय कृषि तथा वन विज्ञान संकाय अन्तर्गतमा रहेको २० विघा ६ कट्ठा जग्गामा बन्ने भएको छ ।

 भरतपुर महानगरपालीका र धुर्मुस सुन्तली फाउण्डेसनको सहकार्यमा उक्त रङ्गशालाको निर्माण २ वर्ष भित्र काम सम्पन्न गर्ने योजना छ । 

 भरतपुर महानगरपालीका र धुर्मुस सुन्तली फाउण्डेसनको सहकार्यमा उक्त रङ्गशालाको निर्माण २ वर्ष भित्र काम सम्पन्न गर्ने योजना छ । 

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माणको लागत करिब तीन अर्ब रहने अनुमान गरिएको छ । 

फाउण्डेसन र भरतपुर महानगरपालिकाबिच सम्झौतापत्र हस्ताक्षर, निर्माणको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अथिति रहेका थिए । 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले हरेक व्यक्ति धुर्मुस सुन्तली हुनु पर्ने भन्दै देश निर्माणमा सबै आ आफ्नो क्षेत्रबाट जुट्न आग्रह गरेका छन् । 

कार्यक्रममा बोल्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी ऐतिहासिक निर्माणमा सक्रिय हुने भन्दै प्रतिबद्धता जनाए । 

उक्त कार्यक्रममा खेलकुदमन्त्री, गृहमन्त्री, बरिष्ठ कलाकार, उद्यमी आदिको सहभागीता रहेको थियो ।  

आर्थिक सहयोगका निम्ति नेपाल इन्भेस्टमेन्ट बैंकको धुर्मुस सुन्तली फाउण्डेसनको खाता नं ०४००१०३०२५८७५३ मा जम्मा गर्न पनि अपिल गरिएको छ ।

आर्थिक सहयोगका निम्ति नेपाल इन्भेस्टमेन्ट बैंकको धुर्मुस सुन्तली फाउण्डेसनको खाता नं ०४००१०३०२५८७५३ मा जम्मा गर्न पनि अपिल गरिएको छ ।

यसैबिच गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता घोषणासभा गरिएकै दिनबाट सहयोग जुट्न थालेको छ ।

आजै मात्र करिब साढे चार करोड रकम संकलन भएको छ ।

क्रिकेट रंगशाला निर्माण गर्न हालसम्म एस ट्राभल्सले तीन करोड रुपैयाँ, अल्का अस्पतालले २५ लाख,  चितवन उद्योग वाणिज्य संघ ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले पाँच लाख , मुक्तिनाथ विकास बैंकले पाँच लाख, बद्री पंगेनीले एक लाख, मह सञ्चार र भद्रगोल टिमले एक एक लाख सहयोग गर्ने घोषणा गरिसकेका छन्।

चितवनको भरतपुरमा निर्माण गर्न लागिएको नेपालकै पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै करिब ४ करोड रकम संकलन भएको हो ।

क्रिकेट रंगशाला निर्माण गर्न हालसम्म एस ट्राभल्सले तीन करोड रुपैयाँ, अल्का अस्पतालले २५ लाख,  चितवन उद्योग वाणिज्य संघ ५१ लाख, रविराज सिंहले ११ लाख, अक्सफोर्ड कलेज बुटवलले ७ लाख, आर एम ग्रुपले पाँच लाख , मुक्तिनाथ विकास बैंकले पाँच लाख, बद्री पंगेनीले एक लाख, मह सञ्चार र भद्रगोल टिमले एक एक लाख सहयोग गर्ने घोषणा गरिसकेका छन्।

 फाउन्डेसनले रंगशालाको लागत खर्च तीन अर्ब अनुमान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?