सरकारविरुद्ध नयाँ वानेश्वरमा माानवअधिकारकर्मीको प्रदर्शन, ९ महिलासहित ३२ जना पक्राउ

काठमाडौं । मानवअधिकार तथा शान्ति समाजले सरकारविरुद्ध संघीय संसद भवन अगाडी प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले ९ जना महिलासहित ३२ जनालाई पक्राउ गरेको छ । 

समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित ३२ जनालाई प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पहाडीसहित समाजका सभापति उत्तम पुडासैनी, सल्लाहकार डा. गंगाधर अधिकारी, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्यहरु गीता तिमल्सिना, सरस्वती ढकाल, अधिकारकर्मीहरु जयराम पुडासैनी, बटुकृष्ण ढुंगेल, विपी पौडेल, टंक गैरे, ईश्वर पुडासैनी, आरसी भण्डारी, नानीकाजी गिरी, विनोद कुँवर, उमा गौतम रहेका छन् । 

यसैगरी अमृतप्रसाद उपाध्याय, डिगम्बर विक्रम राना, सावित्री गुरुङ, लक्ष्मी राना पुडासैनी, प्रमिला भण्डारी, सुशिला तामाङ, निरु पराजुली, सुरेश मुडवरी, विमला श्रेष्ठ, लाक्पा लामा, भिमबहादुर सुनुवार, छिरिङ, श्रेष्ठ, निशान्त वयलकोटी, रामु थापा, सुमित जिसी, अजय थापा र सुजन पुडासैनीलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा राखिएको छ । 

प्रदर्शनमा २२ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग सरकारले गरेको सहमति तत्काल कार्यान्वयन गर्न माग गर्नुका साथै पर्यटनमन्त्री रविन्द्र अधिकारीलाई मन्त्री पदबाट बर्खास्त गर्ने पर्ने माग समेत गरेका थिए । 

प्रदर्शनका क्रममा ‘ढटुवा मन्त्री बर्खास्त गर, जहाज हलुङ्गो, नेता गहु्रङ्गो, सत्याग्रही भोकै छन्, नेपाली जनता रोएका छन्, ठूला नेता मिलेका, साढे चार अरब निलेका’ जस्ता प्लेकार्ड बोकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?