कारागारभित्र शेर्पाले गरे आत्महत्या

दोलखा । श्रीमती हत्या अभियोगमा पूर्पक्षमा राखिएको च्याङा शेर्पाले कारागारभित्रै आत्महत्या गरेका छन् । 

दोलखाको कालिञ्चोक गाउँपालिका—५ लापिलाङका २२ वर्षिय शेर्पाले कारागारभित्रै आत्महत्या गरेका हुन् । 

गत पुस २० गते २७ वर्षीया श्रीमती लक्की शेर्पाको हत्या अभियोगमा जिल्ला प्रहरी कार्यालय दोलखाले पक्राउ गरी अनुसन्धान थालेको थियो । 

अनुसन्धान सकेर हत्या अभियोगमा अदालत पेश गरिएका शेर्पालाई माघ १५ गते (हिजो) थुनामा पठाएको थियो ।

प्रहरीनायव उपरिक्षक बासुदेव पाठकले भने, थुनामा पठाइएको च्याङा शेर्पाले मंगलवार कारागारभित्रै आत्महत्या गरेको हो । 

उनीहरुका २ वर्ष र ६ महिनाकी छोरी छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?