चितवन । प्रहरीले हत्यामा संलग्न भएको आशंकामा तीन जनालाई पक्राउ गरेको छ ।
पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा सोमवार राति घरमै सुतिरहेको अवस्थामा ५२ वर्षीया रुपा थापाको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । थापाको धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो ।
तीनै जनालाई मङ्गलबार साँझ पक्राउ गरिएको हो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । प्रहरीले पक्राउ परेकाको नाम गोप्य राखेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया