माघ १५ गतेका १८ ट्रेन्डिङ समाचार, देश दुनियाँमा दिनभरी के के भयो ? एक क्लिकमा थाहा पाउनुहोस्

WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ १५ गते देश दुनियाँमा के–के घटना भए ? जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् । 

 

1. पूर्व युवराज पारसको स्वास्थ अवस्था बुझ्न कमल थापा नर्भिक अस्पताल पुगे
हृदयघात भइ नर्भिक अस्पतालमा उपचाररत पूर्व युवराज पारस शाहको स्वास्थ अवस्था बुझ्न राप्रपा अध्यक्ष कमल थापा नर्भिक अस्पताल पुगेका छन् ।अस्पताल पुगेका थापाले पारससङ्ग संक्षिप्त कुराकानी गरे । अध्यक्ष थापालाई देख्नासाथ पारसले अङ्ग्रेजीमा 'नाउ आई एम गुड' भने ।

 

2. नर्भिक अस्पतालले भन्यो, ‘पूर्वयुवराज पारसको मुटु एकदमै कमजोर’
पूर्वयुवराज पारस शाहको उपचारमा संलग्न प्राध्यापक डा। यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका छन् ।

 

3. देखावटी होइन, वास्तवमै भ्रष्टाचार नियन्त्रण गछौं प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने बताएका छन् । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देखावटीरुपमा मात्र नभइ वास्तवमै भ्रष्टाचार नियन्त्रण गर्ने दावी गरेका हुन् । 

4. स्ववियु निर्वाचनमा हाम्रो संगठनको रगतको साइनो छ, हामी निर्वाचनबाट भाग्दैनौं अध्यक्ष महर नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले स्ववियु निर्वाचनमा आफ्नो संगठनको रगतको साइनो भएकोले स्ववियु निर्वाचनबाट नभाग्ने स्पष्ट पारेका छन् । मंगलबार एक कार्यक्रममा बोल्दै उनले आफूहरु निर्वाचनबाट कुनैपनि हालतमा नभाग्ने जिकिर गरे । 

 

5. नेपाल इन्जिनियरिंग कलेज प्रालि दर्ता खारेजीका लागि सर्वोच्च अदालतद्धारा अन्तरिम आदेश जारी
 नेपाल इन्जिनियरिंग कलेज निजी भनी कम्पनी रजिष्टारको कार्यालयमा गरिएको दर्ता खारेज गर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।सुरुदेखि नै सामाजिक संस्थाको रुपमा जिल्ला प्रशाशन कार्यालय भक्तपुरमा दर्तामा रही सामाजिक संस्थाको रुपमा नाफा नलिने उद्देश्यका साथ सञ्चालनमा रहेको कलेज निजी हुनै नसक्ने भन्दै प्रधानन्यायाधिस चोलेन्द्रशमशेर जवराको एकल इजलाशले तत्कालका लागि निजी बनाउने प्रक्रियाको कामकारबाही बन्द गर्न गराउन अन्तरिम आदेश जारी गरेको हो । 

 

6.सहकारीको सङ्ख्या घटाउँदै कामपा
काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतका एक हजार ८५६ सहकारी संस्थाको सङ्ख्या घटाएर ७०० बनाउने भएको छ ।
संवैधानिक व्यवस्थाअनुसार २०७५ साउन १ गतेदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेजी भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्थाअनुरुप कामपाले आफ्ना क्षेत्रभित्रका साना सहकारीलाई एकीकृत गर्न लागेको हो ।

 

7. स्थानीय र आयोजनाको विवाद  मध्यमोदी जलविद्युत आयोजना निर्माण ठप्प
पर्वतको मोदी गाउँपालिकामा निर्माणाधीन अवसथामा रहेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण ठप्प भएको छ। चौधरी ग्रुपले निर्माण गरिरहेको उक्त आयोजनाको निर्माणकार्य स्थानीयको आन्दोलनका कारण  बन्द भएको हो। 

 

8. ३० वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पाएको ऐतिहासिक सफलता
 नेपाली क्रिकेट संघ ‘क्यान’को विवाद अहिलेसम्म सुल्झिएको छैन । तर, तीन वर्षसम्म नेतृत्वविहिन बनेको नेपाली क्रिकेटले ऐतिहासिक सफलता हात पारेको छ ।नेपालले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको तीन एकदिवसीय क्रिकेटको सिरिज २(१ ले जित्दै नेपाली क्रिकेटमा नयाँ इतिहास बनाएको हो ।

 

9. सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै प्रधानमन्त्री निवास छिर्‍यो नेविसंघ
काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले बालुवाटारस्थित प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेको छ ।सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले प्रधानमन्त्री निवासअगाडि प्रदर्शन गरेको हो । प्रहरीलाई छक्याउँदै निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री कार्यालयको तीन नम्बर गेट अगाडि पुगेका नेविसंघका कार्यकर्ताले सरकारविरुद्ध चर्को नाराबाजीसहित सिस्टी फुक्दै विरोध प्रदर्शन गरेका थिए ।

 

10. सशस्त्र प्रहरीको १८ औं वार्षिकोत्सव, पूर्वआईजीपी राई र पूर्वएआईजी थापा ‘एपीएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित
सशस्त्र प्रहरीको १८ औं वार्षिकोत्सव आज मनाइएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीका ३१८ जना, नेपाली सेनाका १ हजार १८ जना, नेपाल प्रहरीका १४ सय ४८ जना र राष्ट्रिय अनुसन्धान विभागका २३ जना अमर प्रहरीलाई सहिद घोषणा गरेको हो । वार्षिकोत्सवका अवसरमा पूर्वआईजीपी राई र पूर्वएआईजी थापा ‘एपीएफ लाइफटाइम एचिभमेन्ट अवार्ड’बाट सम्मानित भएका छन् । 

 

11. अख्तियारको ठहर प्राधिकरणका ४५ आयोजनाको म्याद थप भएन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण मातहतका ४५ आयोजनाको म्याद थप नभएको जनाएको छ । आयोगले हालै सार्वजनिक गरेको ‘सरकारद्वारा सञ्चालन भएका आयोजना निर्माण कार्यको ठेक्का व्यवस्थापनको अवस्था अध्ययन तथा विश्लेषण’ विषयक प्रतिवेदनमा आर्थिक वर्ष २०६७(६८ देखि चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरण समेटेको छ । 

 

12. भारतीय दूध गुणस्तरहीन, नेपाल ल्याउन प्रतिबन्ध
नेपालगञ्ज भन्सार कार्यालयले गुणस्तर परीक्षण र भन्सार गरेर मात्रै भारतबाट दूध भित्रिन दिने नीति बनाएपछि नेपालगञ्जमा सीधा बाटोबाट दूध भित्रिन छाडेको छ । भारतीय दूध व्यवसायीले छोटी नाकाबाट नेपालगञ्जमा दूध भित्र्याउन थालेका छन् । 

 

13. राणा र लोहनी नेतृत्वको राप्रपा एकीकरण हुने पक्का
पशुपति शमशेर राणा नेतृत्वको राप्रपा प्रजातान्त्रिक र प्रकाश चन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा राष्ट्रवादीबीच एकीकरण गर्ने समझदारी भएको छ ।यसअघि राप्रपा प्रजातान्त्रिक र कमल थापाको राप्रपाबीचको एकता भाँडिएको थियो । 

 

14. देशभरको मौसममा पूर्ण सुधार हुन केही दिन लाग्ने
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने बताएका छन् । अबको तीन दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाई छ । 

 

15. शिक्षण अस्पतालको आग्रहलाई बेवास्ता गर्दै चिकित्सक, रिले अनसनलाई निरन्तरता
 त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न गरेको आग्रहलाई चिकित्सकहरुले बेवास्ता गरेका छन् । अनशन, रिले अनशन तथा आन्दोलनले आम सर्वसाधारणको स्वास्थ्यको उपचारमा बाधा उत्पन्न हुने प्रति अस्पतालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै सोमबार नियमित स्वास्थ्य सेवा प्रदान गर्न आफ्ना स्वास्थ्यकर्मीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरेका थियो ।

 

16. गाईभैंसी सुन्दरी प्रतियोगिता 
सुनसरीको कोशी गाउँपालिकामा सम्पन्न भैँसी सुन्दरी प्रतियोगिताका विजेतालाई भैँसी नै उपहार प्रदान गरिएको छ । 
कोशी कटानमा सम्पन्न उक्त प्रतियोगितामा ९० भैँसीबीच प्रतिस्पर्धा गराइएको थियो । उत्कृष्ट ठहरिएका भैँसीधनी विन्देश्वर इशरलाई सोमबार प्रथम पुरस्कारवापत लैनो भैँसी प्रदान गरिएको छ ।

 

 

17. बाग्मती सफाईको तीन सयौं हप्ता भव्य रुपमा मनाउने सरकारको तयारी
सरकारले बागमतीनदी सफाई अभियानको ३ सयौं हप्तालाई भव्य रुपमा मनाउने तयारी गरेको छ ।आगामी २६ गते सरसफाई अभियानको ३ सय हप्ताको अवसर पारेर सरकारले स्वच्छता मेरो पहिचान, सफाईमा मेरो योगदान भन्ने नारासहित मुलुक भर सरसफाईको सन्देश दिने गरी बिशेष कार्यक्रम आयोजना गर्न लागेको हो ।

 

18. गुयडोको राष्ट्रपतिको दावीलाई अमेरिकाको समर्थन
जनवरी २३ को दिन भेनेजुएलाको संसदका सभामुख हुआँ गुएडोँले आफूलाई एक (याली अघि नयाँ राष्ट्रपतिको रुपमा घोषणा गरे ।अमेरिकाले तत्कालै उनको राष्ट्रपतिको दावीलाई समर्थन ग(यो र विश्वका अन्य देशलाई आफ्नो कदम पछ्याउन आह्वान गर्यो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?