काठमाडौं । नागढुंगा नाकामा प्रहरीले लागुऔषध सहित दुई जनालाई पक्राउ गरेको छ ।
राजधानी मुख्य प्रवेश द्वार नागढुंगा नाकामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी प्रमुख ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले चेक जाँचको गर्ने क्रममा छुटाछुटै यात्रुवाहक बसबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको जनाइएको छ ।
सर्लाहीबाट काठमाडौं तर्फ आउदै गरेको ना.७ख. ७०७३ नम्बरको यात्रु बाहक बसवाट जिल्ला महोत्तरी महोत्तर घर भएका १९ वर्षीय प्रबिण कुमार पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै, महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले पाण्डेको साथवाट झोलामा लुकाई छिपाई ल्याएको प्रतिबन्धित (नाइट्राभेट १०) लेखिएको ६०० ट्याब्लेट सहित पक्राउ गरेको जानकारी दिएका छन् ।
थानकोट प्रहरी वृत्तका प्रमुख थापका अनुसार बिरगन्जबाट काठमाडौं तर्फ आउदै गरेको ना.७ ख. ५११३ नम्बरको यात्रु बाहक बसबाट मकवानपुरका ३० वर्षका बिकाश भोलनलाई प्रतिबन्धित लागुऔषध सहित पक्राउ गरेको जानकारी दिए । उनको साथबाट नुफिन ९० एम्पुल, डाईजेल्याब ९० एम्पुल र फेनरागन ९० एम्पुल गरि २७० एम्पुल फेला पारेको प्रहरीको भनाई छ ।
महानगरीय वृत्त थानकोटले पक्राउ गरिएका पाण्डे र भोलनलाई थप अनुसन्धान पश्चात लागुऔषध ऐन अन्तर्गत मुद्दा चलाइने जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया