स्थानीय र आयोजनाको विवाद ; मध्यमोदी जलविद्युत आयोजना निर्माण ठप्प

कुस्मा । पर्वतको मोदी गाउँपालिकामा निर्माणाधीन अवसथामा रहेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण ठप्प भएको छ। चौधरी ग्रुपले निर्माण गरिरहेको उक्त आयोजनाको निर्माणकार्य स्थानीयको आन्दोलनका कारण  बन्द भएको हो। 

आयोजनाका कारण आफ्नो घरमा क्षति पुगेको भन्दै क्षतिपूर्तिको माग गरेर स्थानीयवासीहरुले अनिश्चितकालीन बन्द गरेका छन् । सुरुङ निर्माणका क्रममा बिस्फोट गरिएको बमका कारण मोदी गाउँपालिका २ का केही घरहरु एकाएक भत्किन थालेको स्थानीयहरुको गुनासो छ ।

एकातिर स्थानीयहरु सुरक्षित र नयाँ घर बनाइदिनुपर्ने माग राखिरहेका छन् भने आयोजनाले क्षतिपूर्ति दिन अस्वीकार गरेको छ । भूकम्पका कारण कमजोर भएका घरहरु भत्किएको हुनाले  आयोजनाले नयाँ घर बनाइदिन नसक्ने मध्यमोदी जलविद्युत् आयोजनाका प्रमुख निरञ्जन राउतले जनाए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?