जुवाखालबाट पाँच जुवाडे पक्राउ

सुर्खेत । इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ ।

नगद ४१ हजार ९०० सहित उनीहरुलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी प्रहरीले सोमबार लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ राधाकृष्ण मन्दिर नजिकबाट १९ वर्षीय समित अन्सारीलाई पक्राउ गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?