कपिलवस्तुको यशोधरा गाउपालिकामा घरधुरी सर्वेक्षण हुँदै

सम्भु साइनी / कपिलवस्तु  । कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिकामा घरधुरी सर्वेक्षण हुने भएको छ । 

गाँउपालिकाले ८ वटा वार्डका सबै घरहरुमा पुगेर घरधुरी सर्वेक्षण गर्ने गरी कार्य अघि बढाएको छ । 

घरधुरी सर्वेक्षणका विषयमा गाँउपालिकाको कार्यालय बैदौलीमा आयोजित गोष्ठीमा गाँउपालिकाका प्रमुख गिरजेश कुमार पाण्डेयले गाँउपालिकाको भौतिक, सामाजिक र शैक्षिक अवस्था पत्ता लगाउन घरधुरी सर्वेक्षण गर्न लागिएको बताए । 

उनले सर्वेक्षणकालागि ८ जना समाजिक परिचालक समेत परिचालन गरिएको बताए ।

कर्मचारीहरुलाई त्यसबारे जानकारी दिई आवश्यक फारम सहीत पठाइएको छ । कर्मचारीहरुले ७० दिन भित्र काम सम्पन्न गर्ने बताइएको छ । 

कार्यक्रम संयोजक अनिल कुमार ओझाले गाउपालिकाको आगामी मार्ग चित्रका लागि सर्वेक्षण सहयोगी हुने बताए । 

गाँउपालिको अवस्था थाहा हुने भएकाले आगामी योजना निर्माणसहित विभिन्न योजान बनाउनका लागि सर्वेक्षण सहयोग गर्ने छ ।

गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बनारसी प्रसाद हरिजनले सर्वेक्षणबाट आउने नतिजाले गाँउपालिको बजेट बिनियोजन गर्न सहज हुने बताए । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?