निर्मला पन्त बलात्कारपछि हत्या घटना : निर्मलाको भेजिनल स्वाबसँग आमाको डीएनए मिल्यो

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको शवबाट निकालिएको भेजिनल स्वाब को डीएनए र उनकी आमा दुर्गादेवी पन्तको डीएनए मिलेको छ ।

पन्तको शवबाट निकालिएको भनिएको भेजिनल स्वाबमाथि नै प्रश्न उठेपछि बैधानिकता जाँच गर्न आमा दुर्गादेवी डीएनए टेष्ट गर्न तयार भएकी थिइन् ।

पुस २५ गते कञ्चनपुर पुगेर दुर्गादेवीले आफ्नो रगतको नमुना दिएकी थिइन् ।

लामो समयसम्म यसको रिपोर्ट सार्वजनिक भएको थिएन । तर, मानवअधिकार आयोगले भेजिनल स्वाब संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरे लगतै प्रहरीले भेजिनल स्वाब को डीएनए र दुर्गादेवीको डीएनए मिलेको बताएको छ ।

निर्मला हत्या प्रकरणका अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले यसको पुष्टि गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?