प्रचण्ड पत्नी सीताको स्वास्थ्यमा सुधार, चिकित्सक भन्छन्,‘२४ घण्टा निगरानीपछि डिस्चार्ज गर्न सकिने’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार भएको छ । 

गत माघ ६ गतेदेखि ललितपुरस्गित सुमेरु अस्पतालमा भर्ना भएकी प्रचण्ड पत्नी सीतालाई भाइरल ज्वरोले ग्रसित बनाएको थियो । 

स्वास्थ्यमा सुधार देखिएपछि आइतवार दिउँसो १ बजे प्रचण्ड पत्नी सीतालाई आइसियूबाट जनरल वार्डमा सारिएको प्रचण्डको निजी सचिवालयले जनाएको हो । 

उनलाई जनरल वार्डमा २४ घण्टा निगरानीपछि डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माले जानकारी दिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?