मोरङ । विराटनगरमा ११ वर्षीया बालिका बलात्कारपछि हत्या भएको छ ।
विराटनगर महानगरपालिका–८ बलुवाईकी ११ वर्षीया बालिका गुडिया भनिने रुपमति दासको शनिवार राति बलात्कारपछि हत्या भएको हो ।
आइतवार दिउँसो पानीमा डुबेको अवस्थामा बालिकाको शव विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिकाको सीमास्थित सिंघिया खोलामा फेला परेको थियो ।
खोलामा माछा मार्दै गएकाहरूले पानीमा निर्वस्त्र अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार बालिकाको निर्वस्त्र शव भेटिएको हो । उनको अनुहार र कानबाट रगत बगिरहेको थियो भने शरीका अन्य भागमा नीलडाम देखिएको एसपी केसीले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको एसपी केसीले जानकारी दिए ।
रुपमति शनिवार राति ८ बजे छिमेकीको घरमा टिभी हेर्न गएको आमा मुन्नीदेवी दासले बताइन् ।
मुन्नीदेवीले त्यसअघि बालिकालाई २० रुपैयाँ दिएर भुजा किन्न पसल पठाएकी थिइन् । पसल बन्द भइसकेको भन्दै घर फर्किएकी बालिका छिमेकीको घरमा टिभी हेर्न गएको आमालाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
तर, बालिका छिमेकीकहाँ टिभी हेर्न नपुगेको पछि थाहा भयो । छिमेकी मोहम्मद नहिमकहाँ बालिकाका बाबु रामप्रसाद टिभी हेरेर बसिरहेका थिए । रामप्रसाद घर फर्किएपछि छोरी टिभी हेर्न नगएको थाहा भएको र राती खोजी गर्दा छोरी फेला नपरेपछि बालिकाका अभिभावक प्रहरीको छोरी हराएको निवेदन दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया