कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पाँच वर्षपछि प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मोरङ डाँगीहाटका २५ वर्षीय मिलन ओझा छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरी तेह्रथुम लगिएको जिल्ला प्रहरी कार्यालय पठाइएको छ । 

ओझाले २०७० कात्तिक १८ गते आठराई गाउँपालिका–७, थोक्लुङका ५० वर्षीया उमानाथ बुढाथोकीको हत्या गरी फरार भएका थिए । उनलाई तेह्रथुम जिल्ला अदालतले दोषी ठहराएको थियो । 

धारिलो हतियार प्रयोग गरी कुटपिट गरि गम्भीर घाइते भएका बुढाथोकीको उपचारकाक्रममा कात्तिक २३ गते मृत्यु भएको थियो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नारायण गौतमका अनुसार बुढाथोकीका छोरा बीरबहादुर बुढाथोकीको किटानी जाहेरीका आधारमा प्रहरीले कात्तिक २४ गते उजुरी दर्ता गरेको थियो । ओझालाई अदालतले २० वर्ष कैद सजाय तोकेको छ । 

उनलाई सोमबार जिल्ला अदालतमा बुझाउने तयारी रहेको प्रहरी प्रवक्ता गौतमले बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?