काठमाडौं । डा.गोविन्द केसीको मागलाई सम्बोधन गर्न सरकारले कुनै चासो नदेखाएको भन्दैै नेपाल चिकित्सक संघको अगुवाइमा सोमबार डाक्टरहरुले रिले अनसनमा बस्ने भएका छन् ।
बिहान १० बजेदेखि ५ बजेसम्मम डाक्टरहरु त्रिवि शिक्षण अस्पतालमा रिले अनसन बस्न लागेका हुन् ।
माघ १० गते सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको संघले आइतवार त्रिवि शिक्षण अस्पतालमै गरेको छलफलबाट सोमवार कार्यालय समयमा रिले अनसन बस्ने कार्यक्रम तय गरेको हो ।
संघले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा केसीसँग गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु, सरकारकै तर्फबाट केसीका सम्बन्धमा गलत प्रचार गरी सम्पूर्ण नागरिकहरुलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको दाबी गरेको छ ।
केसी अनसनमै रहेको बेला सरकारले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बैठकबाट पारित गरेको छ । तर, केसीले पारित विधेयकको विरोधमा एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आक्षेप समेत लगाएका छन् ।
उनले माग पूरा नभएसम्म अनसन नतोड्ने भन्दै त्रिवि शिक्षण अस्पतालमा अनसन जारी राखेको भएपनि अनसन तोडाउन सरकारबाट कुनै पहल भने भएको देखिँदैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया