महेन्द्रनगर -बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका विशाल चौधरीमाथि कुटपिट भएको छ । स्थानीय युवाहरुले प्रहरीलाई आफ्नो नाम किन ? दिएको भन्दै विशाललाई कुटपिट गरेको विशालले बताएका छन् ।
भीमदत्त नगरपालिका–१८ का विशाललाई उनको घर नजिकै सालघारीको एक मदिरा पसलमा कुटपिट भएको हो । कुटपिटपछि उनि न्यायका लागि अधिकारकर्मी, प्रहरी र कानुनको शरणमा पुगेका छन् । कुटपिटबाट विशालको टाउको, मुख र पिठ्युमा चोट लागेको छ ।
मदिरा सेवन गरेका विशालले आफुलाई स्थानीय देव बराल, विकास बराल लगायतका तीन जनाले कुटपिट गरेको बताए । ‘म विवाहबाट मदिरा सेवन गरेर गिता बस्नेतको पसलमा बसेको थिए, ‘विशालले भने, ‘ए विशाल निर्मला हत्याकाण्डमा हाम्रो नाम किन प्रहरीलाई दिईस् भन्दै उनीहरुले मलाई कुटपिट गरे ।’
विशालको परिवारले कुटपिट गर्नेमाथी कारबाहीको माग गरेका छन् । उनका अभिभावकले अधिकारकर्मी शारदा चन्द, प्रेमवती राना, कानुन व्यवसायी बीर बहादुर विष्ट र प्रहरीसंग भेटघाट गरेर न्यायका लागि माग गरेका छन् ।
यस्तै निर्मला हत्याकाण्डको अनुसन्धानका पक्राउ परेका कञ्चनपुरका अर्का युवा प्रदिप रावलले आफुलाई स्थानीय राजन निरौला र निखिल बमले ज्यान मार्ने धम्की दिने गरेको बताए । नेपाल समाचारपत्र दैनिका खबर छापिएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया