काठमाडौं–अल्पविकसित राष्ट्र आवद्ध अन्तर्राष्ट्रिय बैठक अगामी साता नेपालमा हुने भएको छ । जलवायु परिवर्तनसँग जोडिएका मुद्दामा सामुहिक धारणा तय गर्न अन्तर्राष्ट्रिय जमघट हुने भएको हो ।
संयुक्त राष्ट्रसंघसहित अन्य क्षेत्रिय र अन्तर्राष्ट्रिय जमघटमा अल्पविकसित राष्ट्र आवद्ध देशको उपस्थिती बलियो बनाउन नेपालमा पहिलोपटक यस्तो बैठक हुने भएको हो ।
आईआईईडी नामक बेलायती संस्थाको सहयोगमा अल्पविकसित मुलुकका जलवायु विज्ञ नेपालमा भेला हुने भएका हुन् । यही माघ २२ र २३ गतेका लागि तय भएको बैठक वन तथा वातावरण मन्त्रालयको समन्वयमा हुँदैछ ।
राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले आगामी सेप्टेम्बर महिनामा जलवायु सम्मेलन आयोजना गर्ने निधो भएसँगै सो सम्मेलनको पूर्व तयारीमा अहिलेदेखि नै अल्पविकसित मुलुक जुटेका हुन् । आर्थिक रुपमा कमजोर अल्पविकसित राष्ट्र आवद्ध मुलुकको वर्तमान अध्यक्ष राष्ट्र भुटान छ ।
अल्पविकसित राष्ट्रमा नेपालसहित कूल ४७ देश आवद्ध छन् । अल्प विकसित राष्ट्रको सूचीमा दक्षिण एसियाबाट नेपालसहित अफगानिस्तान, बंगलादेश, भुटान र म्यानमार समावेश छन् । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया