झापा– हातखुट्टा बाँधिएको अवस्थामा शनिवार मृत फेला परेका मनषा सिमेन्ट उद्योग भद्रपुरका व्यवस्थापक कमलसिंह दुगडको आज दाहसंस्कार गरिएको छ ।
बैसठ्ठी वर्षीय भारतीय दुगडको शव मेची अञ्चल अस्पातल भद्रपुरमा शव परीक्षणपछि परिवारको जिम्मा लगाइएको थियो ।
भारतको पटना, विशाखा निवासी दुगडका छोरा लोकेश र श्रीमती जयश्रीले शव बुझ्दै भद्रपुरस्थित मेची नदीमा दाहसंस्कार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
दुगडको के–कारणले कसले हत्या ग¥यो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीम ढकालले बताए ।
उनका अनुसार अहिलेसम्मको प्रारम्भिक प्रहरी अनुसन्धानबाट उनको हत्या सिरानीले थिचेर गरेको देखिन्छ । घटनास्थलबाट प्रहरीले मृतक दुगडसँग रहेको भारतीय एक लाख पाँच हजार रुपैयाँ फेला पारेको छ ।
यसैबीच पूर्वप्रहरी हवल्दार देवकुमार श्रेष्ठको हत्यामा संलग्न एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउपर्नेमा भारत खरखट्टीया निवासी ३५ वर्षीय मजवुर आलम रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तत्कालीन पृथ्वीनगर– ८ निवासी ५० वर्षीय श्रेष्ठको विसं २०७१ चैत ३० गते राति डाका समूहले गोली प्रहार गरी हत्या गर्दै घरबाट एक लाख ८० हजार र १० तोला सुन लुटेर लगेका थिए ।
सो समयमा डाका समूहले गाउँमा हवाई फायर र बमसमेत विष्फोट गराएका थिए । पक्राउ परेका आलमलाई जिल्ला अदालत झापामा पेस गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक ढकालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया