बालिकाको शव खोलामा नग्न अवस्थामा फेला

विराटनगर–विराटनगर– ८ बलुवाहीकी ११ वर्षीया बालिका रुपमति दासको शव फेला परेको छ । उनको शव सिंघिया खोलामा नग्न अवस्थामा फेला परेको हो ।

दास शनिबार साँझदेखि हराइरहेकी थिइन् । उनको बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएको छ ।
मृतककी आमा मन्नी देवीले छोरी छिमेकीको घरमा टेलिभिजन हेर्न जान्छु भनेर निस्किएलगत्तै बेपत्ता भएको बताइन् । प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले घटनाबारे अनुसन्धान थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?