माघ १३ गतेका १८ टेन्ड्रिङ समाचार, एक क्लिकमा थाहा पाउनुहोस् देश दुनियाँमा आज के के भयो ?

 WWW.LOKPATH.COM अनलाईन न्यूज पोर्टलमा तपाईंलाई हार्दिक स्वागत छ ।

आज मिति २०७५ साल माघ १३ गते देश दुनियाँमा के–के घटना भए ?  जान्नको लागि तलको लिंकमा क्लिक गर्नुहोस् र ५ मिनेटमा थाहा पाउनुहोस् देशभर भएका घटनाहरुमध्ये ट्रेन्डिङमा रहेको १८ घटनाहरु । 
यूट्युवमा गएर LOKPATH TV  टाईप गरी हाम्रा सम्पूर्ण समाचार मूलक, जानकारी मूलक मनोरञ्जनात्मक भिडियोहरु हेर्न सक्नुहुन्छ । अन्तमा लोकपथ टिभीलाई सब्स्क्राईब गर्न नबिर्सनुहोस् ।   

***

1. राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रधानमन्त्री : प्रधानमन्त्री  केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच आइतवार भेटवार्ता भएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा  भण्डारी र ओलीबीच भेटवार्ता भएको हो । 

 

2. अनशन फिर्ता लिए डा. केसीकै गरिमा बढ्छ  शिक्षामन्त्री पोखरेल : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले अनसनरत डा गोविन्द केसीलाई तत्काल अनसन स्थगन गर्न आग्रह गरेका छन् । उनले विद्येयक ऐन बनिसकेपछि चिकित्सा शिक्षाको क्षेत्रमा तात्विक परिवर्तन आउने विश्वास दिलाए । 

 

3. प्रधानमन्त्रीद्वारा युवा क्रिकेटर रोहितलाई बधाई
धानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स ‘युएई’विरुद्धको एकदिवसीय क्रिकेटमा नयाँ विश्व कीर्तिमान बनाएका क्रिकेटटर रोहित कुमार पौडेलाई बधाई दिएका छन् । प्रधानमन्त्री ओलीले युवा खेलाडी पौडेललाई सामाजिक सञ्जाल ट्विटरमार्फत बधाई दिएका हुन् ।

 4. घाइते सिडीओ भट्टराईको ग्राण्डी अस्तालमा उपचार हुँदै
बाराको पसाह खोला नजिकै सडकमा भएको सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईलाई थप उपचारका लागि आइतवार काठमाडौं ल्याइएको छ । भट्टराईलाई हेलिकप्टरबाट आइतवार बिहान साढे ११ बजे काठमाडौंको ग्राण्डी अन्तर्राष्ट्रिय अस्तालमा ल्याइएको हो । 

 

5. समता निकेतन : मासिक एक सय फि, विद्यार्थी संख्या १२ सय  : विद्यालयको भौतिक संरचनाको पूनःनिमार्ण देखि शिक्षक, शिक्षिकाको मासिक तलब पनि १०० रुपैयाँबाटै हुने गरेको छ । पछिल्लो समय यस विद्यालयको मुल उद्देश्यलाई बुझेर आर्थिक सहयोगका हातहरु पनि जुटेका छन् । 

 

6. नेविसंघको प्रदर्शनमा प्रहरीको लाठि चार्ज, केही घाइते : नेपाल विद्यार्थी संघका कपिलेश्वर यादव घाइते भएका छन् । आइतवार दिउँसो नेविसंघले निकालेको प्रदर्शनमा प्रहरी र नेविसंघका कार्यकर्ताबीच झडप हुँदा यादव घाइते भएका हुन् ।

 

7. फुल्चोकीको डाँडामा हिउँ खेल्न जानेहरुको भीड (फोटो फिचर ):  काठमाडौंको फुल्चोकी डाँडामा यतिबेला आन्तरिक पर्यटकहरू हिउँ खेल्न पुग्ने गरेका छन् । शनिवार विदाको दिन भएकाले पनि हुनुपर्छ, काठमाडौं नजिकै रहेको ललितपुरमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको लामो लस्कर थियो । 

 

8. राष्ट्रिय महिला फुटबल टोलीको बिदाई : भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने महिला राष्ट्रिय टोलीलाई बिदाई गरिएको छ । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले भारतको उडिसा भुवनेश्वरमा आयोजना हुने अन्तराष्ट्रिय फुटबलमा सहभागी नेपाली खेलाडीसहितको टोलीलाई आइतवार बिदाई गरिएको हो । निरु थापाको कप्तानीमा रहेको नेपाली टिम यहि बुधवार झापा जार्दैछ ।  

 

9.भरतपुरको राजश्व सङ्कलनमा दोब्बरले वृद्धि, ६ महिनाभित्र ११ करोड ४३ लाख आम्दानी
भरतपुर महानगरपालिकाले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा गत आवको सोही अवधिमा भन्दा दोब्बर बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षको शुरुको ६ महिनामा ११ करोड ४३ लाख १३ हजार राजश्व सङ्लन भएकामा चालु आवको पुस मसान्तसम्ममा २३ करोड तीन लाख २३ हजार राजश्व सङ्कलन भएको कार्यालयका राजश्व शाखा प्रमुख सिर्जना थपलियाले जानकारी दिए । 

10. दोहोरो अङ्कले घट्यो शेयर बजार
धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११।८४ विन्दुले घटेर एक हजार १६०।९३ विन्दुमा झरेको छ । 

11, ….त्यो यात्रा  :  साँच्चै कुनै यात्रा अनौठो हुन्छ । रोचक अनि केहि सोँचनिय पनि । एउटा व्लग ।  

 

12. पाँचथरमा ६ वर्षीया बालिका बलात्कृत
पाँचथरमा ६ वर्षीया बालिका बलात्कृत भएकी छिन्। शुक्रवार राति घरका सदस्य आफुन्तको विवाहमा गएको मौकामा कुम्मायक गाउँपालिका २ का ६ वर्षीया बालिका बलात्कृत भएकी हुन् । यता  टिभी हेर्न गएकी गुडिया मृत अवस्थामा फेला परेकी छिन् । 

 

13. जडीबुटी खेती विस्तार गरिँदै, ९० हजारभन्दा बढी बिरुवा रोप्ने
यस वर्षदेखि जिल्लामा व्यावसायिक रूपमा जडीबुटी उत्पादन उत्पादन गरिने भएको छ । जडीबुटी उत्पादनको राम्रो सम्भावना देखिएकाले डिभिजन वन कार्यालयले खेती विस्तारका साथै पुराना जडीबुटी सङ्कलन गर्ने कार्यक्रम अघि बढाएको हो ।

 

14. सरकारविरुद्ध नेपाल चिकित्सा संघ, सेवा ठप्प पार्ने चेतावनी
नेपाल चिकित्सक संघले सरकारलाई दिएको अल्टिमेटमको बेवास्ता गरेका आरोप लगाएको छ । संघले सरकारलाई दिएको ७२ घण्टे अल्टिमेटम आज ९आइतवार० सकिँदैछ । चिकित्सक संघका अध्यक्ष डा। मुक्तिराम श्रेष्ठले अ स्पतालमा इमर्जेन्सीबाहेक सबै सेवा बन्द गर्न बाध्य हुने बताए । 

 

15. प्रधानमन्त्री कार्यालयद्वारा कानुन उल्लंघन 
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ‘वार रुम’ को ‘भिडियो कन्फेरेन्सिङ सिस्टम’ खरिदका लागि गरेको बोलपत्र आह्वानको सूचना सार्वजनिक खरिद ऐनको प्रावधानविपरीत रहेको पाइएको छ।

 

16. हिमपातका कारण अवरुद्ध ७ जिल्लाका यातायात सञ्चालन
शुक्रबार बेलुकीदेखि हिमपातले सुदूरपश्चिमका सात पहाडी जिल्लाको २४ घण्टादेखि ठप्प यातायात शनिबार बेलुकी ४ बजेदेखि खुलेको छ । डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुराको मुख्य राजमार्गमा शुक्रबार बेलुकी ४ बजेदेखि यातायात सेवा चलेका थिएनन् । यसैबिच अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान बिहानदेखि नै सुचारु भएको छ । 

 

17. सरकारविरुद्ध सडकमा नेविसंघ, सात विद्यार्थी नेता पक्राउ
 प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकार विरोधीको  अभियान शुरु गरेको छ ।आफ्नो असहमति हुँदाहुँदै शुक्रबार चिकित्सा विधेयक पारित गरिएको, प्रमुख प्रतिपक्षी दलका नेताविना संवैधानिक निकायमा प्रमुखको नियुक्तिका लागि सिफारिस गरेकोसहितका विषय उठाउँदै कांग्रेस सरकारविरुद्ध आन्दोलित भएको हुन् ।

18. फिलिपिन्सको चर्चमा बम विस्फोटन, २७ को मृत्यु, ७७ घाइते
फिलिपिन्सको दक्षिणी क्षेत्रमा अवस्थित एक चर्चमा आइतवार विहान भएको विस्फोटनमा परी २७ जनाको मृत्यु भएको छ । 
फिलिपिन्सको राष्ट्रिय प्रहरीका प्रमुखले देशको दक्षिणी क्षेत्रमा पर्ने सुलु प्रान्तको चर्चमा आइतवार विहान एकैसाथ दुई ओटा विस्फोटन भएको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?