नागढुंगावाट लागुऔषधसहित गुप्ता पक्राउ

काठमाडौं –  महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जना पक्राउ गरेको छ । 

सर्लाही बाट काठमाण्डौँ आउँदै गरेको ना ४ ख ५३६ नम्बरको यात्रुबाहक  बसमा चेकजाँच गर्दा सो लागुऔषध फेला परेको हो ।

महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरिक्षक ज्ञानवहादुर खड्काको नेतृत्वको टोलीले लागुऔषध नाइट्राभेट सहित सर्लाही गोरैटा नगरपालिका वडा नंम्बर ४ घर भएका वर्ष १९ का  विकाश कुमार गुप्तालाई पक्रेको हो । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?