छिमेकीकहाँ टिभी हेर्न हिँडेकी बालिका खोलामा मृत भेटिएकी छिन् ।
विराटनगरकी ११ वर्षीय बालिका शनिबार राति ८ बजेदेखि सम्पर्कविहीन भएकोमा खोला किनारामा हत्या गरेर निर्वस्त्र अवस्थामा फेला परेकी हुन् ।
गुडिया भनिने रुपमति दास विराटनगर महानगरपालिका र कटहरट्ठ गाउँपालिकाको सीमामा पर्ने सिंघिया खोलामा मृत अवस्थामा फेला परेकी हुन् ।
विराटनगर महानगरपालिका वडा नम्बर ८ र कटहरी गाउँपालिका वडा नम्बर २ को सीमानामा रहेको सिंघिया खोलामा फेला पारिएको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाको अनुहारबाट रगत बगेको छ।
घरपरिवारका सदस्य र स्थानीयले रातिभर बालिकाको खोजी गरेका थिए ।
बिहान खोलामा माछा मार्ने क्रममा केही स्थानीयले पानीमा डुबिरहेको अवस्थामा रुपमतिको शव देखेपछि प्रहरी र गाउँलेहरूलाई खबर गरेपछि घटना बाहिर आएको हो ।
प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
बालिका स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा पढ्थिन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया