बाराका सिडीओलाई हेलिकप्टरबाट काठमाडौं ल्याईयो

काठमाडौं । शनिवार जीप दुर्घटनामा गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी (सह–सचिव) गणेश भट्टराईलाई थप उपचारको लागि काठमाडौं ल्याइएको छ ।

भट्टराईको वीरगञ्जस्थित ‘हेल्थ केयर सेन्टर’मा उपचार भइरहेको थियो । 

उनलाई नेपाली सेनाको हेलिकप्टरबाट आइतबार काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय बिरगञ्जका प्रमुख (एसपी) रेवती ढकालले जानकारी दिए । 

शनिवार साँझ बाराका प्रमुख जिल्ला अधिकारी चढ्ने ना१झ १६३३ नम्बरको स्कार्पियो जीप दुर्घटना भएको थियो । जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको थियो । 

दुर्घटनामा सशस्त्र प्रहरी बलको १२ नम्बर गण १२ गण, बारामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेलको मृत्यु भएको थियो । 

त्यस्तै दुर्घटनामा बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईसहित अन्य तीन जना घाइते भएको थिए । घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भस गरुङ र चालक जगत पटेल छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?