काठमाडौं । काठमाडौंको फुल्चोकी डाँडामा यतिबेला आन्तरिक पर्यटकहरू हिउँ खेल्न पुग्ने गरेका छन् । शनिवार विदाको दिन भएकाले पनि हुनुपर्छ, काठमाडौं नजिकै रहेको ललितपुरमा हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरूको लामो लस्कर थियो । दिउँसो अबेरसम्म पनि फुल्चोकीको डाँडामा हिउँ खेल्ने निस्किनेहरू उत्तिकै थिए ।
हिउँ खेल्न स-साना नानीबाबुहरूले पनि बाबुआमाले पुर्याएका थिए । काठमाडौं र आसपासका क्षेत्रमा जाडो बढेसँगै फुल्चोकीमा हिउँ परेपछि आन्तरिक पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । स्थानीयका अनुसार यो क्षेत्रमा हिउँ परेपछि काठमाडौं र आसपासबाट हिउँ खेल्न आउनेहरूको सङ्ख्या बढेको हो ।
फुल्चोकीका डाँडा सेताम्मे भएको मौका पारेर खासगरी युवापुस्ता हिउँ खेल्न पुगेका थिए । युवाहरू फुल्चोकीको डाँडा २ हजार ७ सय किलोमिटर माथि पुगेर रमाइरहेका थिए । बाटो निकै चिप्लो र अप्ठेरो भएपनि हिउँ खेल्न जानेहरूको कमी थिएन । सवारी साधन हुनेहरू चिप्लँदै र लड्दै हिउँ खेल्न पुगेका थिए । कतिपयले भने हिउँमा साइकिलिङ गर्न गएको पनि देखिन्थ्यो ।
तस्वीरमा हेर्नुहोस् शनिवार फुल्चोकीको डाँडामा देखिएको हिउँ:












तस्वीरहरूः अर्घेलो थापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया