सचिन तेन्दुलकरको रेकर्ड तोडे नेपाली किशोरले

काठमाडाैं-नेपालका युवा ब्याट्सम्यान रोहितकुमार पौडेल अर्धशतक पूरा गर्ने विश्वकै कम उमेरको खेलाडीको रेकर्ड राखेका छन् ।

युएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा शनिबार रोहितले ५७ बलमा ७ चौकासहित ५५ रनको योगदान दिँदै भारतीय क्रिकेटर सचिन तेन्दुलकरको रेकर्ड तोडेका हुन् ।

सचिनले १६ वर्ष २ सय १३ दिनको उमेरमा अर्धशतक बनाएको रेकर्ड रोहितले १६ वर्ष १ सय ४६ दिनको उमेरमा तोडेका छन् ।

पाकिस्तानका साहिद अफ्रिदीले १६ वर्ष २ सय १७ दिनमा अर्धशतक पूरा गरेका थिए । रोहितको अर्धशतकसँगै नेपालले युएईमाथि १ सय ४५ रनको सानदार जितसमेत निकालेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को आधिकारिक वेभ पोर्टलमा नेपालका रोहितकुमार एकदिवसीय खेलमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने क्रिकेटर बनेको समाचार सम्प्रेषण भएपछि अन्तर्राष्ट्रिय मिडियाले  उनलाई पछ्याउन थाले । तर, दुबईको आइसिसी एकेडेमी रंगशालामा विश्व रेकर्ड बनाउँदासम्म पनि रोहितलाई सचिनको रेकर्ड तोडेको पत्तो थिएन । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?