घाइते बिरामी बोकेर काठमाडौं आउँदै गरेको एम्बुलेन्स भक्तपुरको सूर्यविनायक नगरपालिका १० साँगा नजिकै दुघर्टना हुँदा ६ जना घाइते भएका छन्।
महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार सिरहाको लहानमा भएको सवारी दुर्घटनाका घाइते बोकी काठमाडौं आउँदै गरेको यादव सेवा समाजको ज १ च १४९० नम्बरको एम्बुलेन्स शुक्रबार राति आफै अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खोल्सामा खसेको थियो।
एम्बुलेन्सले घाइते धनुषाको ढल्केबर बस्ने ७१ वर्षीय झलकबहादुर खड्का र उनका आफन्त बोकेको थियो।
दुर्घटनामा चालक दोलखाको सिंगटी घर भई हाल काठमाडौंको कपन बस्ने २५ वर्षीय सन्तोष तामाङसमेत ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया