पश्चिमी वायुको प्रभावले देशभरीहलुका वर्षा, कहिलेदेखि सुधार हुन्छ मौसम ?

पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा हलुका बदली र वर्षा भएको छ ।

उच्च हिमाली भेगमा भारी हिमपात भएका छन् । हिमपातले जनजीवन कष्टकर बनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातको समयमा पनि देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बद्ली रहनेछ भने मध्य तथा पूर्वी क्षेत्रका थोरै स्थानमा र पश्चिमका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बद्ली र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सोमबारदेखि मौसममा क्रमिक सुधार आउने जनाइएको छ ।

वर्षा र हिमाली भेगमा परेको हिमपातका कारण चिसो बढेको छ ।

हिमाली जिल्लाहरुको जनजीवन कष्टकर छ भने काठमाडौा नजिकैका डाँडाहरुमा हिउँ खेल्न जाने यूवाको लर्को देखिन्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?